भक्तपुर – नेविसंघको राजनीतिबाट खारिएका स्थापित नेता हुन् राजु खड्का । भक्तपुरमा जन्मिएका उनी विद्यार्थी कालदेखि नै राजनीतिसँगै समाजसेवामा रुची राख्दथे । नेविसंघ, तरुण दलहुँदै नेपाली कांग्रेसको पार्टी राजनीतिमा उदाएका खड्का नेता, कार्यकर्ता र जनता बीच लोकप्रिय छवि बनाउन सफल छन् । राजनीतिलाई नितान्त समाजसेवा ठान्ने खड्का भक्तपुरवासी माझ सामाजिक अभियान्ता भनेर पनि चिनिन्छन् ।

नेबि संघ देखी आफ्नो राजनीतिक सुरुवात गरेका लोकतान्त्रीक आन्दोलनमा सदैव अग्रमोर्चामा रही अग्रणी भूमिका निर्वाह गर्नुभएका निष्ठावान , सरल एव मिजासिलो स्वाभावका धनी शिक्षासेवी एव बिकास प्रेमी नेपाली कांग्रेस भक्तपुरका युवा नेता राजु खड्का पार्टीमा समेत उत्तिकै लोकप्रिय छन्।
भक्तपुरमा बिरामी असक्तहरुको लागि एम्बुलेन्सनै दान गर्ने दानबिर राजु खड्का शिक्षासेवी समेत हुन्। राजनीतिलाइ विसुद्ध समाजसेवा सम्झिने उनि पार्टीको १४ औँ महाधिवेशन बाट अहिले सम्म रहेका बेतिथीहरुको अन्त्य गर्न चाहन्छन। १४ औँ महाधिवेशन अन्तर्गत आगामी मंसीर ६ गते हुन लागेको क्षेत्रीय अधिवेशनमा पार्टीका सम्पूर्ण तह तप्कामा रहेका साथिहरु संग साथ तथा सहयोगको अपेक्षा राख्दै नेपाली कांग्रेस भक्तपुर जिल्लाको क्षेत्र नं. २ ‘क’ बाट प्रदेश सभापति पदमा अत्याधिक बहुमतले जिताउन खड्का आग्रह गर्दछन ।

तपाईको प्रतिक्रिया