काठमाडौं ।

गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारीले आज विवाह बन्धनमा बाँधिएकी छन्। आज आइतबार झापाको बिर्तामोड चारपानेका निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी छन् । प्रविशा र निर्माणको विवाह झापाको बिर्तामोडको एक पार्टी प्यालेसमा भएको हो ।

गायक प्रताप दास तथा ‘द भ्वाइस किड्सका निर्माता सुशील नेपाल प्रविशाको बिहेमा उपस्थित छन् । बिहेमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेको रहेको छ ।

प्रविशाको यहि मंसिर ३ गते निर्माणसँग इन्गेजमेन्ट भएको थियो । इन्गेजमेन्टका लागि प्रविशा केही दिन अगाडि मात्र झापा पुगेकी थिइन् ।

तपाईको प्रतिक्रिया