नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा ब्यसाहिकतालाई ध्यानमा राखेर प्रसस्त गीत बजारमा आउने गरेका छन् । कुनै पनि श्रीजना तयार गरिसकेपछि त्यसको आर्थिक प्रतिफल पनि प्राप्त होस् भन्ने चाहना त जो कोहीलाई हुने गर्दछ । यद्धपि ब्यवासाहिकता लाई केन्द्रित गरेर तयार गरिएका गीत संगै मौलिकपन लुकेका गीतहरुले पनि ब्यसाहिकता प्राप्त गरेमा, आउने पिंडीहरुले लोक तथा दोहोरी गीत संगीतको यथार्थ स्वाद बुझ्ने मौका पाउने छन् । त्यसैले आफ्नो अस्तित्व बचावट गर्नका निमित्त हामि श्रोता तथा दर्शकहरुले पनि ध्यान दिनुपर्ने आजको आवस्यकता हो ।
माथि उल्लेखित बिषयलाई आत्मासाथ गर्दै र पूर्णरुपमा श्रोता तथा दर्शकहरुको माया पाउने बिश्वासको साथमा भर्खरै मात्र डि.ए.आर मुभिज प्रालिले “डाँडा घरे दाई” बोलको गीतलाई सार्बजनिक गरेको छ । प्रस्तुत गीतमा भिमसेन खतिवडा र टिका पुनको सुमधुर स्वर सुन्न सकिन्छ । साजन पराजुलीको शब्द रहेको गीतलाई श्याम धितालले लय शंकलन गरेका छन् । शर्जक श्याम राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्ष समेत रहेका हुन् ।
शंकर बि.सीको निर्देशन रहेको “डाँडा घरे दाई” बोलको गीतको म्युजिक भिडियोमा निक्स शर्मा र सृजना किराँतीको अभिनय देख्न सकिन्छ । दुर्गा पौडेलले छायाँकन रहेको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका हुन् । भिडियो डि.ए.आर मुभिजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।