नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा नव कलाकारहरुको पनि दिनानु आगमन भैरहेको छ । सम्पूर्ण श्रोता, दर्शक तथा कलाकर्मीहरुले पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन गर्न सकिएन भने आउने पिंडीहरुले नेपाली लोक तथा दोहोरी गीत संगीतको वास्तविक स्वाद  थाहा नपाउँन सक्दछन । यसैलाई मनन गर्दै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल सर्वप्रिय गायक तथा शर्जक नबराज घोरासैनीले आफ्नो छोरी मनिषालाई पनि यसै क्षेत्रमा प्रवेश गराएका छन् ।

मनिषा घोरासैनीले आफ्नो सांगीतिक यात्राको पहिलो गीत “घाम छेकियो बादलको छायाँले” मा अलिफ खान संग  स्वरमा स्वर मिलाएकी छिन् । आफुले यस गीतमा स्वर भर्न पाउँदा संयोजन मिलाउनु हुने मेन्सु इन्टरटेन्टमेन्ट संचालक मोहन खड्का लाई आभार समेत प्रकट गरेकी छिन् । प्रस्तुत गीतमा लय मोहन खड्काको रहेको छ भने शब्द गायिका मनिषा कै बुबा नबराज घोरासैनिको रहेको छ ।

माथि उल्लेखित गीत मात्र होइन मनिषा द्वारा स्वर बद्ध गीतहरु अन्य पनि रेकर्ड भैसकेको उनका बुबा नबराजले जानकारी गराएका छन् । जुन गीत अब क्रमस बजारमा आउने तयारीमा रहेका छन् । “घाम छेकियो बादलको छायाँले” बोलको गीतको म्युजिक भिडियोमा बिजय पुन आयुष्मा कार्की, मोहन खड्का र अमृता बन्जाराको अत्यन्त मन छुने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने  छायांकन बिपन चौलागाईं र सम्पादन उत्तम कुमार कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया