नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा फरक-फरक स्वादको गीत संगीत बजारमा आउने क्रममा गायकद्धय नकुल थापा र विष्णु थापाले संयुक्त प्रस्तुति “ढल्की जाला त्यो लाली जोवन” भर्खरै सार्बजनिक भएको छ । गायक द्वय नकुल र विष्णुको स्वर तथा शब्द रचना रहेको लोकदोहोरी गीत यस गीतको म्युजिक भिडियो समेत एकै साथ् सार्वजनिक भएको हो । गीतमा गायक नकुल कै लय रहेको छ भने स्वर नकुल थापा, विष्णु थापा प्रतिमा अर्याल र रीता पौडेलले सुन्न सकिन्छ ।
नकुल र विष्णुको गृह जिल्ला सिन्धुपाल्चोकस्थित सुनकोशी नदी तथा धार्मिक एवं पर्यटकिय गन्तव्य बलेफीलाई केन्द्रित गरी तयार पारिएको प्रस्तुत लोकदोहोरी गीतमा बलेफीमा सुनकोशी दोभान, चोखो माया लाईहाल बेलैमा ढल्कि जाला त्यो लाली जोवान । जस्ता शब्दहरु अटाइएको छ । बाल्यकालमा सँगै हुर्की लामो समयपछिको भेटघाटको सिलसिलामा गाईएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा मोडलहरु सञ्जिव ठकुरी र अस्मिता आचार्यको साथमा बाल कलाकारहरु निश्चल जंग थापा र गृष्मा थापा मगरको अभिनय तथा नृत्यदेख्न सकिन्छ ।
त्रिपुरा म्युजिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो श्रीकाली चौरको रमणीय स्थलमा छायाँकन गरिएको हो । शिशिर बुढाथोकीको निर्देशन र कोरीयोग्राफी रहेको म्युजिक भिडियोमा ड्रोनबाट छायांकन गरिएको सु्नकोशी नदि, बलेफी र त्यस आसापासका आकर्षक तथा रमणीय दृश्यसमेतदेख्न सकिन्छ । त्रिपुरा म्युजिक नेपाल प्रालिले उत्पादन तथा वितरण गरेको गीतको म्युजिक भिडियोमा दीपक गिरीको छायाँकन, रोशन धितालको सम्पादन र रामचन्द्र बस्नेतको ड्रोन रहेको छ । गीतको संगीत संयोजन पवन वाङ लामाले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।