काठमाडौं– अशक्त तथा आर्थिक अवस्था कमजोर भएका चलचित्रकर्मीहरुलाई आर्थिक सहयोग गर्ने उद्देश्यले स्थापना भएको चलचित्रकर्मी कल्याणकारि कोषमा आर्थिक सहयोग गर्ने कलाकर्मीहरुलाई मंगलबार सम्मान गरिएको छ ।
कोषलाई अमेरिकाका लागि नेपाली महाबाणिज्यदूत प्रेम राजा महतले एक लाख तीन हजार रुपैयाँ, निर्मात्री शारदा बस्नेतले ५१ हजार रुपैयाँ, अभिनेता पल शाहले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नु भएको थियो ।
मंगलबार आयोजित एक समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का,कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषाल,द्वन्द कलाकार संघ का अध्यक्ष श्री नारायण प्रधान, कल्याणकारी कोष तथा विकास बोर्डका सदस्य तथा कर्मचारीहरुको उपस्थितिमा एक समारोहबीच उहाँहरुलाई सम्मानित गर्दै कदर पत्र प्रदान गरियो ।
समारोहमा कोषकी संयोजक बसुन्धरा भुषालले सम्पूर्ण सहयोगी मन, दाता, संघ, संस्था सबैमा धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सहोगको अपेक्षागरेको बताउनु भयो ।
समारोहमा कल्याण कोषकी सदस्य समेत रहेकी अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले आफ्नो तर्फबाट एक लाख रुपैयाँ तथा चलचित्रकर्मी दीपकराज गिरिको तर्फबाट एक लाख रुपैयाँ प्रदान गर्ने घोषण गर्नु भयो ।
‘कल्याणकारी कोषको स्थापनाकालदेखि वर्षैंसम्म अत्यन्तै खट्ने आदरणीय बसुन्ध।ा दिदीप्रती हृदयभरको सहानुभूति प्रकट गर्दै अबका दिनदेखि आदरणीय बसु दिदिको सर्हानिय खटाइको जिम्मेवारी म लिन्छु’ अभिनेत्री निरौलाले समारोहलाई सम्बोधन गर्दै यो उद्घोष गर्नु भयो ।
चलचित्र कलाकार संघका अध्यक्ष तथा कोषका सदस्य रविन्द्र खड्काले नेपाली चलचित्रकर्मीको उत्थानमा साथ–सहयोग गर्ने सबैलाई धन्यवादज्ञापन गर्नु भएको छ।










