काठमाडौँ – धुनिबेसी धादिङमा बसोबास गर्दै आएका दुइ वटा नै मृगौला काम नलाग्ने भएको र आर्थिक अबस्था अतिनै दयनिय भएर मृगौला प्रत्यारोपण गर्न कठिनाइ भोगी रहेका राजकुमार बानियालाइ नेहा मंजु फाउण्डेसन तथा संस्थाकि अध्यक्ष नेहा मंजु गुरुङ साइरम द्वारा रु, ५५,००० (रु, पचपन्न हजार) नगद रकम पिडितलाइ एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ। नेहा मंजु फाउण्डेसन द्वारा भर्खरै मात्र अर्का मृगौला पिडितलाइ नगद रु, ५०,००० सहयोग गरिएको थियो भने नेपालमा रहेका दर्जनौ अनाथ आश्रमहरुमा आर्थिक, खाद्यान्न, शैक्षिक सामग्री, लत्ता कपडा लगायातका सामग्रीहरु सहयोग गर्दै आएको छ। भबिष्यमा पनि समाजसेवामा निरन्तर लागिरहने र दुखि पिडितको सेवामा लागि रहने कुरा समाजसेवी तथा नेहा मंजु फाउण्डेसनकि अध्यक्ष नेहा मंजु गुरुङले जानकारी गराईन।
नेहा मंजु फाउण्डेसन द्वारा मृगौला पिडित राजकुमार बानियालाइ ५५ हजार आर्थिक सहयोग










