काठमाडौं । गायक साजन तामाङको डेब्यु गीत ‘आधा अधुरो’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतले मायालु जोडीहरु एक अर्का बिना अधुरो रहने कुरा व्यक्त गरेको छ।
रोमाण्टिक भर्सनको यस गीतमा शब्द चर्चित गीतकार डि.पी खनालको रहेको छ भने सुरज कालाखेतीको संगीत रहेको छ । विश्व अधिकारीले गीतलाई संगीत संयोजन गरेका हुन् । युवा युवतीको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा स्वयंम गायक तामाङ र बिना राउत फिचर्ड छन् ।
गोदावरीमा छायांकन गरिएको भिडियोलाई राजिव क्षेत्रीले खिचेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ ।सुबोल थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो । गायक तामाङले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया