काठमाडौं । सारा खुशी र समिर खानको फिचरिङमा रहेको ‘जय हो सरकार’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक तथा र्यापर शेखर बगडियाको स्वर रहेको छ ।
‘जय हो सरकार’बोलको गीतमा युवा अवस्थामा रहेका युवा युवती विचको रोमान्सलाई गीतमा समेटिएको छ । यो गीतमा शेखर बगडियाको शब्द तथा सोहन मान्धरको संगीत रहेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन , श्रृजन बरालको कोरियोग्राफीमा तयार गरिएको गीतको भिडियोलाई जसु याक्खाले निर्देशन गरेका हुन् ।

‘जय हो सरकार’गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

तपाईको प्रतिक्रिया