खै कहाँ बिराए
खै कहाँ हराए

जानिन कि क्या हो
सम्बन्धको डोरी जोड्न

कहिले लाग्छ कतै
आफैमा पो खोट हो कि

कि सम्बन्धमै खोटै खोट हो
अत्यास लाग्छ आफै संग

कतै यो सम्बन्ध त्यसै
तुहिने पो हो कि

तर पनि सम्हालिदै जोड्दै छु
यो सम्बन्धको डोरी

कतै मनको मैलो
धुमलिदै जाने पो हो कि

कालान्तरमा पुनः यो सम्बन्ध
प्रगाढ बन्दै पो जाने हो कि

बिनय बिष्णु के. सी.
बिराटनगर

तपाईको प्रतिक्रिया