काठमाडौं । अस्ट्रेलिया निबासी नेपाली लेखक खेम शर्माले आफ्नो पुस्तकको सबै रकम समाजसेवामा खर्च गर्ने बताउनुभएको छ । उहाँले आइतबार उपरास्ट्रपती भवनमा आयोजित कार्यक्रममा उक्त कुरा सार्बजनिक गर्नुभएको हो ।
उहाँले आफू संयोगबस लेखक भएको भन्दै आफ्नो पुस्तकबाट प्रेरित भएर समाजसेवा गर्न सजिलो बनाउने वेबसाइटसमेत तयार भएकोमा खुशी व्यक्त गर्नुभयो । उप रास्ट्रपति नन्दबहादुर पुनले चैत ६ गते उक्त वेब साइटको सुभारम्भ गर्नुभएको थियो ।
समाजसेवामा पारदर्शिता मुख्य चुनौती भएकाबेला स्वर्णिम युग फाउन्डेसनले निर्माण गरेको यो वेबसाइटमार्फत पारदर्शीरुपमा समाज सेवा गर्न सकिन्छ ।
फाउन्डेसनले आफ्ना सम्पूर्ण गतिबिधि www.swornimyug.org मा गएर सञ्चालन गर्ने भएकाले हरेक व्यक्ति र सस्थाले आफ्नो प्रोफाइल खोल्न र स्वर्णिम उपहार अभियानमा सामेल हुन सकिन्छ । फाउन्डेसनको शुभारम्भ समारोहमा उपस्थित भएर उपराष्ट्रपति पुनले उक्त वेबसाइट निकै उपयोगी भएको बताउनुभयो ।
फाउन्डेसनको स्थापना गर्न प्रेरक भएको पुस्तक ‘स्वर्णिम रहस्य’ को पनि बिमोचन गर्नुभयो । अनुशासित जीवन शैली अपनाउन प्रेरित गर्ने पुस्तक सबैले अध्ययन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
उक्त समारोहमा बोल्दै नेपालका शिक्षा तथा बिज्ञान प्रबिधि मन्त्रि बोधमाया यादवले फाउन्डेसनले सामाजिक सेवामा नया चरणको सुरुवात गरेको बताउनुभयो ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले आफू यो फाउन्डेसनको हरेक गतिबिधिमा सहभागी हुने प्रतिबद्दता व्यक्त गर्नुभयो । गैर आवाशीय नेपाली अभियन्ताहरू डा. उपेन्द्र महतो, डा. शेष घले, भवन भट्ट, धर्मराज अधिकारी, विजय पोखरेल, समिम अनबर, बद्री बरुवाल लगायतले पनि यो अभियानमा आफ्नो एक्कैबद्दता रहेको बताउनुभयो ।
पुस्तक पढेपछि आफूपनि प्रभावित भएर अभियानमा सामेल भएको बताउनुभएका प्राबिधिक शिक्षा बिज्ञ खेम लकाईले आफू यो फाउन्डेसनमार्फत समाजसेवामा सहभागी हुने बताउनुभयो ।
पत्रकार मनऋषि धितालको अध्यक्षतामा भएको फाउन्डेसन शुभारम्भ कार्यक्रममा सञ्चारकर्मी, बागमती सफाई अभियन्ताहरू, कलाकार समाजसेवीहरूको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया