दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ मा संगीतकार तर्फको विधामा लोकप्रिय संगीतकार शिखर सन्तोषले अवार्ड चुम्न सफल भएका छन् । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजसेवी चन्द्र बहादुर चन्दको सभापतित्व रहेको थियो । कार्यक्रममा गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्ष सुर्य चन्दका अनुसार उनको कामको मुल्यांकन गर्दै निर्णायकहरुले उनलाई बर्षको उत्कृष्ट संगीतकारको अवार्ड प्रदान गरेका थिए।

काठमाडौँमा सम्पन्न भएको भब्य अवार्ड समारोहमा उनलाई ट्रफि(अवार्ड) र उत्कृष्ट संगीतकारको प्रमाण-पत्र दिएर सम्मान दिइएको थियो । “ पटक पटक” गीतको संगीत बाट शिखर सन्तोषले उत्कृष्ट संगीतकारको अवार्ड चुम्न सफल भएका थिए।

तपाईको प्रतिक्रिया