काठमाडौं– झापाको कनकाई नगरपालिकामा जारी मतगणनामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले अग्रता कायम राखेका छन्। प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार रहेको शेरबहादुर थापा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारभन्दा अघि देखिएका हुन्।

३ सय मत गणना भइसक्दा थापाले १४१ मत प्राप्त गरेका छन्। त्यस्तै, एमालेका राजेन्द्र पोखरेलले ७७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले हालसम्म २८ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपप्रमुख पदमा भने एमालेकी मञ्जु प्रसाईं अघि देखिएकी छिन्। उनले हालसम्म १०१ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसकी आसा सिवाकोटीले हालसम्म ८५ मत प्राप्त गरेकी छन्।

तपाईको प्रतिक्रिया