विराटनगर महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का कुमार पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी सोही वडाको अध्यक्षमा निर्वाचित बनेका थिए । ५ बर्से कार्यकालपछि पुनः उम्मेदवार बनेका पोखरेलले दोस्रो पटक पनि वडाको नेतृत्व गर्ने अवसर पाएका हुन्
राप्रपाका पवन सुरानालाई ५१ मतान्तरले पराजित गर्दै पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित भए । पोखरेलले १३३४ मत ल्याउँदा सुरानाले १२८३ मत मात्रै ल्याउन सके ।
यसअघिको निर्वाचनमा पनि पोखरेल र सुरानाबीच नै वडाध्यक्षमा प्रतिस्पर्धा भएको थियो । २०७४ सालमा स्वतन्त्रबाट उम्मेदवार रहेका सुरानालाई झिनो मतान्तरले पराजित गर्दै पोखरेल पहिलो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।