काठमाडौँ । आफ्ना श्रद्धेय नेताको स्मृतिलाई अखिल नेपाल महिला संघ ९अनेमसंघ० ले २९औँ मदन(आश्रित स्मृति दिवस मनाएको छ ।

मदनआश्रित स्मृति दिवसको अनेमसंघका सचिव सुजिता शाक्यको नेतृत्वमा अनेमसंघले स्मृति दिवस मनाएको हो ।भण्डारीको फोटोमा माल्यार्पण गर्दै र खादा लगाएर सचिव शाक्य लगायत अनेमसंघका नेताहरुले सम्मान व्यक्त गरे । सो अवसरमा नेकपा एमालेको सांसद समेत रहेकी शाक्यले जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको निधन नेपालको कम्युनिष्ट आन्दोलनका लागि एउटा अपूरणीय क्षति र गम्भीर धक्का पुगेको बताइन् ।एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको कास्की जिल्लास्तरीय भेला तथा प्रशिक्षणको कार्यक्रम सकेर २०५० जेठ २–४ गतेसम्म चितवनको चैनपुरमा अनेमसंघ केन्द्रीय केमिटीद्वारा आयोजित ‘राष्ट्रिय महिला भेला तथा प्रशिक्षण’ कार्यक्रमलार्ई सम्वोधन गर्न जाने क्रममा दुर्घटनामा परी निधन भएको थियो ।

तपाईको प्रतिक्रिया