———————-
इटहरी/ बालबालिकाहरुको सौन्दर्यतासंगै क्षमता अभिबृद्धी तथा भित्री कलालाई बाहिर ल्याउने र सबैमाझ प्रस्फुटन गर्ने उद्देश्य सहित काठमाडौमा राठी केबलको मुख्य प्रायोजनमा ‘राठी केबल ग्लोबल लिटिल स्टार’ को पहिलो संस्करण आयोजना हुने भएको छ । साइमन फिल्म्स एण्ड इन्टरटेन्मेन्ट मुम्बईको ब्यानरमा ओजस फिल्म्स एण्ड इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको ‘राठी केबल ग्लोबल लिटिल स्टार’मा काठमाडौ, ललितपुर र भक्तपुरका ७ देखि १५ वर्ष उमेर समुहका बालबालिकाले सहभागी हुन पाउने आयोजकले जनाएको छ । बालबालिकाहरुको ब्युटी प्याजेन्ट आयोजना गर्ने कम्पनीको रुपमा परिचित ‘साइमन फिल्म्स एण्ड इन्टरटेन्मेन्ट मुम्बई’ले यसअघि प्रदेश १ मा ‘पुर्वान्चल लिटिल स्टार’ सफल र भब्य आयोजना गरिसकेको छ । ‘पुर्वान्चल लिटिल स्टार’ तेश्रो संस्करणसम्म पुगिसकेको छ भने यहि कम्पनीबाट ‘फ्लायर्स फिल्म अवार्ड’ आयोजनाको पनि घोषणा गरेको छ ।

हाल गर्न लागिएको ‘राठी केबल ग्लोबल लिटिल स्टार’ मा आवेदन फारम नि:शुल्क गरिएको छ भने तालिम शुल्क भने २० हजार तोकिएको छ । सहभागी हुन इच्छुकका लागि आवेदन खुल्ला भएको आयोजकले जनाएको छ । यसबारे बुझ्नका लागि ९८११३५९८४७ मा सम्पर्क गर्न सकिनेछ । यसमा ताज पहिरिने बिजेताहरुले ‘वर्ल्ड किड्स ब्युटी प्याजेन्ट’ मा सिधै सहभागीताको मौका पाउनेछन् । यस्तै बिजेता तथा उप-बिजेताहरुले ५ लाख लागतमा बन्ने हिन्दी गीतको म्युजिक भिडियोमा फिचर्ड हुने मौका समेत पाउनेछन् । जुन गीतलाई ईन्डियाको सारेगमप लिटिल च्याम्प्समा पुगेर तहल्का पिटेका बालगायक प्रितम आचार्यले गाएका छन् । सो म्युजिक भिडियोमा पुर्वान्चल लिटिल स्टारका बिजेता र उप-बिजेताहरु पनि फिचर्ड हुने आयोजकले जनाएको छ ।

‘ग्लोबल लिटिल स्टार’ को कोरियोग्राफरको रुपमा अशिमा दूतराज रहनेछिन् । उनी फेसन मोडल हुन भने पुर्वान्चल लिटिल स्टारको ३ ओटै संस्करणको कोरियोग्राफी गरेकीछन् । यस्तै कार्यक्रमको निर्देशक डान्स इन्डिया डान्सबाट नरेश भिर शिह रहेका छन् । ग्लोबल लिटिल स्टारको आयोजक कम्पनिका प्रबन्ध निर्देशक साईमन राजबंशी हुन् । साईमन नेपाली तथा भोजपुरी म्युजिक भिडियो उधोगका चिनिएका कोरियोग्राफर हुन् । थुप्रै नेपाली फिल्मको गीतहरुमा समेत कोरियोग्राफी गरेका उनले हिन्दी गीतहरुमा पनि कोरियोग्राफी गरेका छन् । उनको बलिउडमा जि टिभीको कोरियोग्राफर भएर काम गरेको अनुभव छ भने अभिजित शावन्त, प्रशान्त तामाङलगायतका सेलेब्रेटीहरुसंग पनि काम गरेका छन् । ‘ग्लोबल लिटिल स्टार’को अफिसियल फोटोग्राफी पार्टनर ‘परिकला फोटोग्राफी’ रहेको छ भने मिडिया कोअर्डिनेटर तथा अफिसियल फोटोग्राफर सुवास श्रेष्ठ संकल्प हुन् । डिथ्री अनलाइन, विशेष अनलाइन, ठुलोपर्दा डटकम र कोशी अनलाइन अफिसियल मिडिया पार्टनरको रुपमा रहेको छ ।

कार्यक्रम अवधिभरमा सहभागीहरुले कोरियोग्राफी तथा सौन्दर्यता सम्बन्धी तालिम प्राप्त गर्ने छन् । त्यसैगरी फिनालेको समयमा आयोजकका तर्फबाट सम्पुर्ण सहभागीलाई ड्रेसको तयारी, ट्रेनिङ टि-सर्ट, प्रोफेसनल फोटोसुट, नृत्य तथा संगीतको कक्षा, सेलेब्रेटीहरुसंग भेट, मोटिभेसनल, पर्सनालिटी डेभलपमेन्ट, मास-कम्युनिकेसन लगायतको अवसर प्रदान गरिनेछ । सहभागी सम्पुर्णलाई प्रमाणपत्र प्रदान गरिनुका साथै बन्न लागेको चलचित्र ‘प्रधान द लिडर’ खेल्ने मौका समेत आयोजकले प्रदान गर्ने भएको छ । यो चलचित्र हिन्दी, नेपाली, भोजपुरी र राजबंशी गरि ४ भाषामा तयार हुँदैछ । यो फिल्मका लागि अभिनेता सौगात मल्लसंग पनि कुरा भैसकेको छ । मल्ल फिल्मका लागि सकारात्मक देखिएका छन भने कागजी सम्झौता हुन बाकी छ । यस्तै भारतीय स्टार कलाकारहरू पनि फिल्ममा देखिने छन् । अग्रज अभिनेता अन्नु कपुर, जोनि लिभर संग पनि औपचारिक भेटघाट भैसकेको छ भने यी २ बलिउड स्टार पनि फिल्मका लागि सकारात्मक देखिएको र छिट्टै अनुबन्ध गरिने छ । अर्का बलिउड कमेडियन अशोक नारायणसंग भने कागजी सम्झौता भैसकेको छ । अशोकले बलिउडमा अमिर खान र सलमान खान संग अन्दाज अप्ना अप्ना र वान्टेडमा काम गरेका छन् । उनले चाईना गेट जस्ता फिल्ममा अभिनय गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया