यो कोलाहल अनी भागदौड़
लाग्छ सबै ब्यस्त छ यहाँ
कसैलाई कसैको पिडा बोध छैन
सबै निस्फिक्री लम्कीदै छन
आ(आफ्नै सपनाको भारी बोकेर

अनी रात सुन्सान छ त्यही शहरमा
सबैको सपनाको साक्षीं बनेर
कयौ सपनाहरु त्यही बिलाए
कयौ मरेर, अनी मारेर गए
आ(आफ्नै कथाको झोली भर्न

पुनः आउछ बिहानी यो शहरको
कयौको सपनाको साक्षी बस्न
उदाउछ, अनी अस्ताउछ क्षितिजमा
अनेकौ सपनाहरुको स्पर्श गर्न

तर शहरलाई के थाहा
मुकुन्डो भित्रको कोलाहल
न कहिले शहरले सपनालाई बुझ्यो
न त सपनाले शहरलाई

बिनयबिष्णु के। सी।
बिराटनगर ८

तपाईको प्रतिक्रिया