रुकुम पश्चिममा जन्मिएर पनी काठमाण्डौंलाई कर्मभुमी बनाउदैं नेपाली म्युजिक भिडियोहरुमा मोडल , भिडियो निर्देशक तथा भिडियो सम्पादकको भुमीकामा निकै ब्यस्त बनेका छन राजकुमार मगर । कलाकारिताको विभिन्न क्षेत्रमा काम गरेर सफलताको शिखर चढ्दै गरेका व्यक्ति हुन । उनी सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी कलाकारितामा हानिएको उनी बताउछन ।

सिर्जनशिल र परिश्रमी स्वभावका उनी आफनो मेहनत गरे अनुसार कलाकारिता क्षेत्रमा ब्यापक सफलता पाइरहेको बताउदै उनले भने ‘गर्दै जाँदा एक दिन अवश्य पनि सफलता मिल्छ त्यसैले मैले कलाकारितालाई निरन्तरता दिनुपर्छ ,सबैको सुझाव र प्रेरणाका साथ एकदिन सफल हुने विश्वास लिएको ’ उनी बताउछन ।
अहिले उनी कलाकारिताको लागी निकै लागिपरेका छन् । छोटो समयमै उनलाई सफलता पनि मिलेको छ । दर्जनौ नेपाली सुगम संगीतका गीतहरुमा उनको कला लाई देख्न सकिन्छ । आफनो बाल्यकालको सपना पुरा गर्नको लागी साथै नेपाली मौलिक गीत संगीतलाई आफुले केही योगदान पु¥ यो क्षेत्रमा होमिएको उनी बताउछन ।
जिवनको कलान्तरमा आगामी समयमा पनी विभिन्न माध्यमबाट नेपाली सिने क्षेत्रमा नै आफु निरन्तर लागी परिरहने प्रतिवद्धता समेत ब्यक्त गर्दछन ।

राज कुमारले दर्जनौँ म्युजिक भिडियोहरू निर्माण गरेर आफैले समेत अभिनय गरेका छन् । समय अनुसार परिवर्तन हुँदै गइरहेको नेपाली मोडलिङ क्षेत्रलाई थप व्यवस्थित गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन तथा यस क्षेत्रामा लाग्ने युवा युवातीहरुलाई हौसला प्रदान गर्दै आगामी दिनमा नेपाली कलाकारिताको क्षेत्र साथै मोडलिङलाई अगाडि बढाउनको लागी विभिन्न योजनाको साथ अगाडि आउने कुरामा आफु निकै आशावादी रहेका छन ।

सकारात्मक सोच र कलाकारिता प्रतिको मोहलाई अभिन्न अंगको रुपमा मान्ने उनी आफनो पुस्तामा फरक तरिकाबाट सांगितीक क्षेत्रमा आफनो भविष्य खोजिरहेका छन ।

मोडलिङ लाई आफनो कर्मभुमीको रुपमा मान्ने उनी इमान्दार, मेहनती र सक्षम व्यक्तिको रूपमा परिचित छन् । देशको लागि केही गर्नु पर्छ भन्ने उदेश्यका साथ अगाडी बढेका उर्जाशील युवा समेत हुन । प्रमोद खरेल र प्रविशा अधिकारीको स्वरमा रहेको तिम्रो मेरो साथ लगायतका गीतमा उनको अभिनय रहेको छ । साथै भिडियो निर्देशन तथा सम्पादन मा समेत उनको अब्बल भुमीका रहेको छ ।

सातौ राष्ट्रिय लोकदोहोरी अवार्ड २०७८ , आदीबासी कला सास्कृतिक महोत्सवब २०७२ मा पुर्व प्रधानमन्त्री स्व शुशिल कोइरालाबाट सम्मानित भएका छन । राजकुमारले मनास्लु नेशनल अवार्ड २०७६ बाट सर्वोकृष्ट भिडिडिया ृे सम्पादक , ज्योति फिल्मस अवार्ड २०७८ बाट सर्वोकृष्ट भिडियो निर्देशक , सातौ छायाँछवी अवार्ड २०७७बाट सर्वाकृष्ट भिडियो निर्देशक तिज गीत , नेशनल ब्राण्ड अवार्ड २०७८बाट सर्वोकृष्ट भिडियो निर्देशक , चौथो हिमालयन अन्तराष्ट्रिय अवार्डबाट भिडियो सम्पादकको अवार्ड साथै नेशनल गण्डकी म्युजिक अवार्ड २०७८बाट सर्वोकृष्ट भिडियो सम्पादकको अवार्डले सम्मानित भएका छन । देश तथा विदेशमा आयोजना गरिने विभिन्न सास्कृतिक एवम ऐतिहासिक महोत्सबहरुमा उनले आफनो प्रस्तुतीलाई आम दर्शक माझँमा प्रस्तुत गरेका छन । आम दर्शक तथा स्रोताका प्रिय कलाकार राजकुमार मगर आगामी समयमा रजतपटको क्षेत्रमा आफनो कलालाई प्रस्तुत गर्ने जर्मको गदैंछन ।

नेपाली सुगम गीतका भिडियोका साथै पप आधुनिक गीतमा आफनो अभिनय कलाको जादु छरेर एक भिन्न प्रकारको आफनो स्थान बनाउनेमा आफु आशावादी भएको उनी बताउछन । कलाकारिता क्षेत्रलाई राम्रो र कुशल रुपमा अभिनय प्रस्तुत गर्नुपर्ने र सोखको रुपमा कला क्षेत्रलाई कसैले पनी हेर्नु आफैमा गलत काम भएको उनी बताउछन ।

शुरुको चरणमा निकै अफटयारो को साथ यस क्षेत्रमा आएको उनले बताए । जिवनमा शुरुवात चरणमा म्युजिक भिडियोमा आएको प्रतिक्रियाले नै आफुलाई नयाँ जोस जागँर आएको उनले बताए ।
राज कुमार मगरले हाल सम्म १०० बटाको हाराहारीमा भिभिडयोमा निर्देशन गरेका छन । चल्यो बतास , पुर्वी धरान , फुल्दा फुल्दै जाउ , चिया सस्तो छ , नक्कले भिनाजु ३, ४, ५ करिब ३०० बटा भिडियोमा सम्पादन गरेका छन । म्युजिक भिडियोमा म्युजिक भिडियो निर्देशन सम्पादन अभिनय गर्नुका साथै विभिन्न स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिएर आफ्नो अभिनय क्षमता प्रदर्शन गरिसकेका छन् ।

अभिनय तथा नृत्यमा रुची राख्ने समिर सुन्दर मुहार र आकर्षक शरीरको धनी त छन् नै साथै मिहेनती पनि उत्तिकै छन् । उनी मिहेनतका साथ अभिनय र कलालाई अझै निखारता ल्याउँदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुने उनको चाहना रहेको छ । म्युजिक भिडियोको अलबा उनी अव छिटटै विभिन्न सटमुभी र टेलिश्रृङख्लामा समेतमा आफनो दर्शकहरुले देख्ने उनी बताउछन ।
निर्देशन मोडल तथा सम्पादक राजकुमार भन्छन– ‘यदि राम्रो ब्यानरमा बन्ने नेपाली चलचित्रको अफर भएको खण्डमा आफुले सिनेमा खेल्ने समेत बताए । आफुले गीत संगीतको भिडियोमा तुलनात्मक रुपमा कम गर्ने तर जति गरिन्छ त्यसमा आफुले सक्दो मेहनतका साथ काम गर्ने समेत बताए ।

‘अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु’, उनि भन्छन्, ‘मानव जीवन भनेको संघर्ष हो । मिहेनत र परिश्रम गर्दै जानुपर्छ एक दिन अवश्य सफताको शिखर चढ्न सकिन्छ ।’ त्यसैमा आफुृ निकै आशावादी रहेको उनको धारणा रहेको छ ।

प्रमोद खरेलको आवाजमा रहेको तिम्रो मेरो गीतबाट आफ्नो टर्निङ प्वाइन्ट त्यहीँबाट सुरु भएको राजकुमारले सुनाए । राजकुमारले अब अभिनयको साथ साथै कलाकारिता अध्यायन पनि अगाडि बढाउने सोचमा छन् । अध्यायनको समय मिलाएर लगातार फिल्म तथा मोडलिङमा अभिनय गर्ने उनको चाहना रहेको छ ।

भन्छिन् ‘अभिनयमा आइसके अब छोड्न सक्दिन ।’ आफु कलाकारितामा केही नयाँ पनको आभाष दिनको लागी सधर्षरत रहेको उनले म्युजिक खवरलाई बताए । अभिनयका सोखिन राजकुमार आफुलाई त्र्रmकेट अत्याधिक मन पराउने बताउछन । आफुलाई फुर्सदको भएको मौका मा साथी भाईहरु मिलेर घुम्नु अर्को उनको शोख हो ।

वास्तवमा जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नु नै जीवन हो । एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वास छ उनमा । सायद सफल पनि हुनेछन् भविष्यमा । उनको कला र कलाकारिता यात्रा अगामी समयमा अझ फैलाउदै जाओस हाम्रो शुभकामना ।

तपाईको प्रतिक्रिया