गत २०७९ जेठ २५ देखि असार ५ सम्म (जुन ८ – १९, २०२२) धरान चुम्लुङ हिम स्थित अपरान्हदेखि बेलुकीसम्म के (च्याब्रुङ) को आवाजले गुञ्जायमान थियो । दिउँसो १ बजे देखि बेलुकी ५ बजेसम्म पुग्ने जो कोहीलाई धरान १५ चुम्लुङ मार्ग स्थित चुम्लुङ हिम बल्ल चुम्लुङ हिमजस्तो भएको भान दिनेगरी ३५ औं जना युवा युवतीहरु के–लाङ सिकीरहेका र नाचिरहेका देखिन्थे । चुम्लुङ हिममा नियमित के–लाङ (च्याब्रुङ नाच), लिम्बु भाषा लिपी, मुन्धुम, हाक्पारे साम्लो, या?लाङ प्रशिक्षण र विविध विषय मुद्धामा वहस अन्तर्कृया हुनुपर्छ भन्ने मान्यता राख्ने भएकोले मलाई यो पटकको च्याब्रुङको आवाजले मन उद्वेलित बनाउँदै धरानमा विगतमा आपूm संलग्न भएको च्याब्रुङको अवस्था र परिवेश सम्झन पुगें ।

धरानमा एक समय थियो, केलाङ् अर्थात च्याब्रुङ् नाच्नेहरु मुश्किलले १० जनासम्म निस्कन्थे । धरान १९, १० र ८ लगायत भरौली गरेर ६ जना केलाङ नाच्नेहरु जम्मा गरेर मैले र वरिष्ठ पत्रकार हर्ष सुब्बा दाईले नै हो, पहिलो पटक काठमाडौं लगेको । यो वि.सं. २०४७ सालको कुरा हो । मुलुकमा भर्खरै प्रजातन्त्रको पुनर्बहाली भएको थियो । वि.सं. २०४६ साल भदौमा स्थापना भएको किरात याक्थुङ चुम्लुङले २०४७ कै अषाढ महिना (वर्खा) मा ‘मुन्धुम स्वर्णिम साँझ पहिलो’ आयोजना गर्दै थियो । मुन्धुम स्वर्णिम साँझमा च्याबु्रङ् प्रस्तुती भएन भने अधुरो हुने आयोजक किरात याक्थुङ चुम्लुङ सांस्कृतिक समितिको ठहर भयो, जुन समितिको नेतृत्व त्यसबेला फिल्म निर्देशक प्रताप सुब्बा र गायक तथा संगीतकार दिनेश सुब्बाले गर्थे । काठमाडौंमा च्याबु्रङ नाच्नेहरु केही त पुगेका थिए । तर च्याबु्रङ पुगेको थिएन । धरानबाट लानुपर्ने भयो । म आफै लागेर च्याबु्रङ्को खोजी भयो । ३० को दशकमा देशी लाईनका च्याबु्रङ नाच्ने बि.बी. सुब्बा (लावती) साथी नपाएर नाच्न छाडिसकेका थिए । (उनले च्याबु्रङ सम्वन्धी त्यतिबेलै किताब लेखेको सुनेको हुँ, तर देख्न हेर्न पाईएन । कसैसँग भए कृपया उनकै नाउँमा डिजीटलाईज÷ पि.डी.एफ.कपि बनाउँ) ।

धरान १९ माङ्हिममा संगठित भएका धरान १९, १० र ८ का केही च्याबु्रङ् नाच्नेहरु ३० को दशक र ४० को दशकको शुरुतिर त थिए, तर उनीहरु काठमाडौं सम्मै पुगेर नाच्नलाई पाका भईसकेका थिए भने केही ४० को दशकको मध्यतिर महायात्रामा निस्की सकेका थिए । यहीँ सिलसिलामा धरानमा च्याबु्रङ नाच्नेहरुको खोजी भयो २०४७ को वर्खामा । १० जना जति त निस्के । तर वर्खा भएकोले कसैको के समस्या त कसैको आनै च्याबु्रङ नहुने समस्या आयो । बाबा लालबहादुर लुम्फुङवाको नेतृत्वमा जगतबहादुर इस्पो, छक बहादुर लुम्फुङ्वा, शेरबहादुर इस्पो, स्व.लालहाङ वनेम, स्व. राजबहादुर एभेङ (च्याबु्रङ हेर्ने, स्याहार गर्ने स्टेजमा ननाच्ने), सहितको ६ जनाको समूह च्याबु्रङ भिरेर काठमाडौंका लागि निस्के । कोशी बसको छतमा डबल त्रिपालले छोपेर काठमाडौं उत्रे । म र वरिष्ठ पत्रकार हर्ष दाई अफिसिलय थियौं ।

नेपाल प्रज्ञा प्रतिष्ठान नजिकै हुने भनेर बागबजारको बस स्टैण्ड छेउमा एउटै कोठामा लहरै सुत्ने गरी आवासको व्यवस्था थियो । धोवीधारा स्थित त्यसबेला अधिवक्ता कैलाश मादेनले सञ्चालन गरेको बु्रनाई गेष्ट हाउसमा दोश्रो चोटी जाँदा बसेको हो । मुन्धुम स्वर्णिम साँझमा च्याबु्रङ नाच देखेर त्यसबेला दर्शक दिर्घामा बसेका पाको उमेरका महिला पुरुष दर्शकहरु रोएका थिए । कुरा गर्दा थाहा भयो जीवनमा सोचेका पनि थिएनन् कि लिम्बुवानदेखि टाढा पुगिसकेका उनीहरुले आनै जीवनकालमा त्यसरी च्याबु्रङ नाचपनि देख्न र हेर्न पाउँछन् भनेर ।

त्यसपछि लालबहादुर लुम्फुङवाको समूह व्यक्तिगत विवाह, नेपाल प्रज्ञा प्रतिष्ठानको कार्यक्रम, आदिवासि जनजाति महासंघको कार्यक्रम र किरात याक्थुङ चुम्लुङको मुन्धुम स्वर्णिम साँझ दोश्रो गरेर पटक पटक च्याबु्रङ नाच्न काठमाडौं गए । गोरुको छालाले बनेको च्याबु्रङ टयाक्सीले बोक्न नमानेर च्याबु्रङ बोकेर काठमाडौंको सडकै सडक हिंढ्दा अन्य मान्छेहरुले ‘यो के बोकेको ? यसले के गर्छ ? कहाँ बनेको ? कसले बनाएको ?’ भनेर समेत सोधेको बाबा लालबहादुर अहिले सम्झनुहुन्छ । वहाँहरु कै टिमले काठमाडौं मै च्याबु्रङ हुनुपर्ने सुझाव दिएपछि काठमाडौंमा पनि च्याबु्रङ भित्रियो र वहाँहरुको काठमाडौं जाने क्रम टुटयो । मुन्धुम स्वर्णिम साँझको एकजना सक्रिय कलाकार निर्देशक जसले येबा नृत्यदेखि घाँटु, स्याबु्र नृत्यसम्म नाचेर प्रतिभा प्रदर्शन गरेका थिए, कुलप्रसाद लिम्बुले एक भेटमा, “तपाईंको बुबाले जत्तिको राम्रो कुसरक्पा नाच्ने र अन्य नाचपनि स्केलमा नाच्ने अहिलेसम्म भेटेकै छैन” भनेका थिए ।
धरानमा ३० को दशककमा सिमित संख्यामा च्याबु्रङ नाच्नेहरु स्व.बि.बी.लावती, स्व.कर्णबहादुर ताप्मादेन, स्व.दिलबहादुर मादेम्बाहरु (अन्य नाम खोज गर्ने) पहिलो पुस्ताका हुन् भने लालबहादुर लुम्फुङवाको समूह दोश्रो पुस्ताको हो । धरानमा च्याबु्रङको महत्व बढ्नुमा किरात याक्थुङ चुम्लुङको वि.सं. २०४९ सालमा धरानमै भएको दोश्रो राष्ट्रिय महाधिवेशनको महत्वपूर्ण योगदान छ । कियाचुको दोश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा च्याबु्रङको बजार परिक्रमा ¥याली थियो । उक्त ¥यालीमा धरानमा ३० औं च्याबु्रङ निस्के । ननिस्कीनेहरु थकथकाए । त्यसपछि पहाढ घरमा थन्केर बसेको च्याबु्रङहरु झिकाईए । धेरै नँया पनि बने ।

यसरी धरानमा ५० को दशकको शुरुवातदेखि च्याबु्रङ नाच्नेहरुको सप्तकोशी नै बग्यो । यसमा याक्थुङ कलाकार संघको स्थापना र संघले च्याबु्रङ नृत्यमा गरेको योगदान बिर्सीने हो भने धरानमा च्याबु्रङ्को इतिहास अपुरो हुन्छ । च्याबु्रङको लागि समूहगत, क्लबगत, थुमगत, थरगत समेत आए । यसरी कुनै समय पाउन कठिन हुने च्याब्रुङ धरानमा सयौं संख्यामा निस्किने अवसर जन्म्यो ।

च्याबु्रङ नाच्ने भनेको निरन्तर नँया नाच्नेहरु अवसर सिर्जना हुनुपर्ने रहेछ । पाकाहरु नाच्न नसक्ने हुन्छन् । घर धन्दा समहाल्दा नाच्नेहरु निस्कृय हुन्छन् । कोही रोजीरोटी र छोराछोरीको भविष्यको लागि भन्दै हङकङ, युके, कोरिया, जापान, अस्टे«लिया, अमेरिका पुग्छन् । कोही थाक्छन् । त्यसैले लिम्बुको विहेमा आफै च्याब्रुङ सिक्छन् भनेर नहुने रहेछ ।

यहीँ तथ्यलाई आत्मसाथ गरेर यस पटक धरानमा किरात याक्थुङ चुम्लुङको सुनसरी जिल्ला अध्यक्ष मोहनकुमार हुक्पा चोङबाङको व्यक्तिगत लगानी÷प्रायोजन र लिम्बु विद्यार्थी मञ्च सुनसरी जिल्ला शाखाको आयोजनामा २०७९ साल जेठ २५ देखि असार ५ गते चुम्लुङ हिममा भव्य रुपमा के–लाङ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लिबि मञ्चले आयोजना गरेको प्रशिक्षण भएकोले निसन्देह विद्यार्थीको सहभागीता लोभलाग्दो थियो । त्योभन्दा रहरलाग्दो र ठीटलाग्दो दृष्य थियो, सहभागीहरुले खाजामा चिउरा, दालमोट र पानी पिएको । स्याबास्, विद्यार्थी भाई वहिनीहरु हो, तपाईंहरुकै उमेरमा मैले पनि जानी नजानी लिम्बु याक्थुङहरुलाई संगठित गर्नुपर्छ, भाषा लिपी, संस्कृति इतिहासको जगेर्ना गर्नुपर्छ भनेर चना च्युरा खाएर लिम्बुवानको धेरै गाउँ खुट्टैले हिंडेको छु ।
अस्तित्व नामेट नहोस् भनेर हण्डर सहँदै भोकै तिर्खै मेरो पिडीको धेरै हिंढेका छन् । मेरो पिडी अघिकाले पनि गर्नसम्म दुःख गरेका छन् । तपाईंहरुले च्युरा, दालमोट र पानी हाँसी हाँसी जिस्कीँदै खाएको पिएको देख्दा तपाईंहरुले पनि इतिहास रचेको अनुभुती भयो । गर्वले छाती चौडा भयो । हर्षले आँखा चिसो भयो । अनि त हामी डा.कमल तिगेला, जय सम्बाहाम्फे, हेमन्त खजुम र प्रदिप नेयोङले पनि एक दिन भएपनि तपाईंहरु सँग सँगै चिउरा, दालमोट खायौं । समापन समारोहमा सहभागी हुने ठूलो रहर थियो । तर ताप्लेजुङमा पहिचान र अस्तित्व कै लडाईं लड्ने सहयोद्धाहरुलाई भेट्न, सुन्न र आगामी के कसरी अगाडी बढ्ने भन्ने योजना बुन्न जानैपर्ने भयो र सहभागी हुने रहरलाई चुपचाप दबाउनु प¥यो ।

कार्यक्रमको रोचक पक्ष के थियो भने प्रशिक्षक कुमार हुक्पा चोङबाङबाट च्याब्रुङ नाच्ने व्यावहारिक प्रशिक्षण मात्रै भएन । मुन्धुममा वर्णित के (च्याब्रुङ) सम्वन्धी रोचक मुन्धुम पनि सिकाईएको थियो । सहभागीले हरेक दिन के सम्वन्धी मुन्धुममा वर्णित पक्ष सुनाउनुपर्ने हुन्थ्यो । के कसरी बन्छ ? किन के बजाउनु प¥यो ? कसले सबैभन्दा पहिला के नाच्यो ? कुन रुखको किन के बनाउनु प¥यो । सिमलको रुख अहिलेपनि किन एकातर्फी हाँगा हुँदैन ? भन्दै केसामी नाम्सामी मुन्धुम समेत सहभागी विद्यार्थीले भनेको सुन्दा मन गदगद भयो ।

यो कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्ने लिम्बु विद्यार्थी मञ्च सुनसरीका होनहार भाईहरु लिवी मञ्च सुनसरीको अध्यक्ष हरी इवाहाङ र सचिव सन्जोक हुक्पा चोङबाङको महत्वपूर्ण योगदान रहयो । उनीहरुलाई सघाउने विद्यार्थीहरुको टीम नै थियो । प्रशिक्षणलाई सफल पार्न लिबी मञ्चका केन्द्रीय उपमहासचिवद्धय प्रदिप नेयोङ र सागर सरगम चेम्जोङको सहयोग पनि अविस्मरणीय रहयो । कार्यक्रम सफल पार्न सद्भाव राखिदिने कियाचु धरान उपमहानगर समितिका सचिव जय सम्बाहाम्फेले पनि सघाएका थिए । अन्यको पनि सद्भाव र प्रोत्साहन रहेको थियो नै ।

विगत दुई दशकभन्दा लामो धरान लगायत क्षेत्रमा च्याबु्रङ नाच्दै र सिकाउँदै आएका के–साम्बा (च्याबु्रङ गुरु) कुमार हुक्पा चोङबाङको योगदान अविस्मरणीय रहनेछ । के साम्बा मार्फत नव–युवायवका विद्यार्थीहरुलाई के–लाङ र यससँग सम्वन्धित मुन्धुमको महत्व जगाउन सफल भएको अपेक्षा गरिएको छ । कार्यक्रमको समापनमा धरान उपमहानगर पालिकाको नवनिर्वाचित उप–मेयर आइन्द्रविक्रम वेघा, धरान उपमहानगर पालिका वडा नम्बर १५ को अध्यक्ष नरेश इङवारम, किरात याक्थुङ चुम्लुङको संघीय उपमहासचिव डा.योगेन्द्र पालुङवा, संघीय सल्लाहकारद्धय चन्द्रमाया लिम्बु, दुर्गामाया लिम्बु र लिम्बु सांस्कृतिक परिषद सुनसरी अध्यक्ष यज्ञ लिम्बु उपस्थित भएर सहभागीलाई सहभागिताको प्रमाण–पत्र प्रदान गरिदिएर कार्यक्रमको गरिमालाई उच्च बनाईदिएका छन् । कियाचु सुनसरी जिल्ला अध्यक्ष मोहनकुमार हुक्पा चोङबाङ जसले १२ दिनसम्म चुम्लुङ हिममा के बज्ने वातावरण बनाईदिए चुम्लुङ हिम जस्तै बनाईदिनुभएर अर्को इतिहास निर्माण गर्नुभयो । अन्यलाई पनि म अपिल गर्दछु, आउनुहोस् चुम्लुङमा यस्तै के बज्ने, याराक्मा पालाम, हाक्पारा गाउने, बौद्धिक वहस र अन्तर्कृया हुने कृयाकलापको प्रायोजन गर्नुहोस् र आफ्नो नाम उच्च राख्नुहोस् । आखिर मरेर जाँदा लाउने लुगामा गोजी हुँदैन क्यारे ।
नोगेन । सेवारो । जय लिम्बुवान ।

फोटो ः सञ्जोक हुक्पा चोङबाङको फेसबुक वालबाट ।

तपाईको प्रतिक्रिया