वि.सं.२०७९ साल आषाढ १८ गते । शनिबार । ईश्वी सन् २०२२ जुलाई ०२ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– तृतीया, मध्यान्ह १२ बजेर ४० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–अष्लेषा, रातको ०४ बजेर ३५ मिनेट उप्रान्त मघा । योग– हर्षण, बिहान १० बजेर ४९ मिनेट उप्रान्त बज्र । करण– गर, मध्यान्ह १२ बजेर ४० मिनेट उप्रान्त वणिज, रातको १ बजेर २२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १३ मिनेट । सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमुलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाईने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरी नाम कमाउन सकिनेछ । कृषि तथा शहकारी पेशा व्यावसाय गर्नेहरुका लागी समयले साथ दिनेछ । राजनीतिकर्मिका लागी आजको दिन उत्तम रहेकोछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन जाने छैन भने नतिजा आफुतिर पार्न निकै नै मेहनेत गर्र्नुपर्नेछ । दाजुभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहनेछ । व्यापारमा प्रसस्त समय दिएमात्र आम्दानी बढाउन सकिनेछ । लेखन कला तथा साहित्यका कामहरु थाती रहनेछन् ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथिभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडिहरुका लागी समय उत्तम रहेकोछ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राजनीति तथा आफ्नो क्षेत्रमा राम्रा काम गरी प्रभुत्व जमाउन सकिनेछ । अरुको मन जितर नाम तथा दाम दुवै कमाउन सकिनेछ । अग्रज,आफन्त तथा साथिभाईको बिषेश भेटघाटले व्यावसायको लागि योजना बनाउन सहयोग पुग्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ भने विलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आकर्षित गर्न सकिनेछ ।

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समय उत्तम रहेकोले व्यापारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेशी समानमो व्यापार बाट भनेजस्तो लाभ लिन सकिनेछ । विदेशी लगानी बाट सञ्चालीत सस्थामा काम पाउने गतिलो योग रहेकोछ । अध्ययनमा मन जाने तथा अध्ययन कै सवालमा यात्रा हुनेछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

सामाजिक तथा तारिफयोग्य काम गरि चर्चामा आउन सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह सुचारु हुने तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । बिशिष्ट व्याक्तिहरुको सहयोगले सहजै लक्ष्य प्राप्ती हुनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा राम्रो प्रगति हुने तथा पुरस्कार जित्न सकिनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापार व्यावसायमा प्रसस्त समय लगानी गरेपनि न्युन आम्दानीमा चित्त बुझाउनु पर्नेछ । आयस्रोतका बाटाहरु साघुरा हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गदागर्दै आलोचना सहनु पर्नेछ । अग्रज तथा आफन्तसँग विवाद तथा मनमुटाब सिर्जना हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोाछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

काम तथा अध्ययनको शिलशिलामा लामो दुरिको यात्रा हुने ग्रहयोग रहेकोछ । प्रेमको बन्धन कसिनेछ भने योग्य बरबधुको लगन गाठो बाधिने बलियो सम्भावना रहेकोछ । धार्मिक क्षेत्रको यात्रा हुने तथा धार्मिक प्रवचन सुन्ने अवसर जुर्नेछ । अध्ययनमा शुभचिन्तक तथा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै राम्रो नतिजा हात पार्न सकिनेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापारमा लगानी गर्नेहरुका लागी बिहानको समय मध्ययम रहेपनि साझको समय उत्तम रहेकोछ । अध्यनमा मन जानेछ भने खोजीमुलक क्षेत्रमा राम्रो पहिचान बनाउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । नसोचेको धन तथा सम्पती हातलागी हुने योग रहेकोछ । शैक्षिक यात्राको उत्कृष्ट समय रहेकोछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय राम्रो रहेकोले एकल तथा साझेदारी व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापार कै सवालमा पनि लामो दुरिको यात्राको तय हुने योग रहेकोछ । विलाशी वस्तुको खरिद बिक्रीबाट आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै अग्र पंक्तिमा तपाईँको नाम आउनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धी पुराना समस्या भए समाधान भएर जानेछ । पढाइ लेखाइमा सोचेजस्तै प्रगती गर्न सकिनेछ । मावली पक्षबाट तपाईँको काममा आर्थिक सहयोग हुनेछ भने अघी पछी तपाईँको नराम्रा कुरा गर्नेहरु तपाईँकै प्रशंसा गर्दै हिड्नेछन् ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

वर्गिय हक हितका लागि गरिएका प्रयत्नबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । बिद्या तथा प्रतिस्पर्धाको लडाईमा प्रतिस्पर्धीहरुलाई हराउदै प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ । बित्तिय क्षेत्रमा गरिएको लगानिबाट लामो समय सम्म आम्दानी भईरहनेछ । साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय व्यातित हुने हुँदा मन प्रशन्न रहनेछ ।

तपाईको प्रतिक्रिया