माया पाण्डेय, गुल्मी
गुल्मीको सत्यवति गाउँपालिका ज्वाङ प्राथमिक स्वास्थ्य केन्द्रमा डेङ्गोको बिरामी आउने क्रम बढेको अस्पताल स्रोतले बताएको छ ।
अस्पतालका डा. सुमित कुमार राजकका अनुसार स्वास्थ्य केन्द्रमा दैनिक ८ देखि १० जनासम्म डेङ्गुका बिरामी आउने गरेका छन् । डेङ्गु नियन्त्रणका लागि प्रदेश सरकारले प्रभावकारी कार्य अघि नबढाइएको स्थानियले बताएका छन ।
बिरामी नियन्त्रण बाहिर जानसक्ने डा.राजकको भनाई छ । प्रदेश सरकार र केन्द्र सरकारले डेङ्गु नियन्त्रणका लागि ध्यान दिनुपर्न डा० राजकले बताउनुभयो ।
डेङ्गुबाट बच्ने उपायसहित सत्यवती गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको छ ।

तपाईको प्रतिक्रिया