बिराटनगर। मोरङ जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्र बिराटनगर महानगरपालिकाका समाजसेवी एवम नेपालि कांग्रेसका चर्चित नेता हसन अन्सारीले अगामी निवार्चनमा मोरङ क्षेत्र नम्बर ५ मा आफ्नो दाबि प्रस्तुत गरेका छन् । उधोगी समेत रहेका नेता अन्सारी नेपालि काङ्ग्रेस का पुर्व केन्दिय सदस्य समेत हुन्। उनको लोकप्रियता र उनको सहयोगी भावका कारण उनलाई उम्मेदवारी दिन जन स्तर बाट समेत दबाद बढ्दै गरेको उनका निकट व्यक्तिले हिपमत मिडियालाई जानकारी दिएका छन्।

उम्मेदवारीदाबि गरे संगै अन्सारीले भने “मेरो उम्मेदवारी व्यक्तिगत स्वार्थको लागि नभएर जनता हितको लागि हुनेछ । नेपाली कांग्रेसको तर्फबाट यस क्षेत्रका सबै जातजाति अट्ने, खट्ने, जुट्ने सहित गरिब, धनि, मजदुर, किसान, गाउँ, शहर, युवा, बृद्ध, महिलाहरु लगायतकालाई समान सहभागिता गर्न गराउन प्रतिनिधिसभा सदस्यमा मैले आफ्नो दाबि प्रस्तुत गरेको हु पार्टीले मलाई टिकट दियो भने अवश्य पार्टीलाई जित दिलाउने छु। पार्टीले गरेको निर्णय नै मेरोलागि अन्तिम निर्णय हो। यस पटक अवश्य मलाई न्याय गर्नुहुन्छ भने बिश्वाश लिएको छु अनासारिले हामीसंगको कुराकानीमा बताए।

“राजनीति पेशा होईन सेवा हो र म सेवा कार्यमा सदैव तत्पर रहेको छु । प्रतिनिधिसभा सदस्य भएर अझै जिम्मेवारीका साथ जनाताको हितमा निरन्तर खटि रहने छु । अझ भनौ थप उर्जा र जोशजाँगरका साथ सेवालाई निरन्तरता दिनेछु ।पार्टीले तिअकत दिए जनताको सतप्रतिशत साथ आफुलाई हुनेमा अन्सारी बिश्वस्त छन्। गत प्रतिनिधि सभामा पनि मोरङ जिल्लामा नेपालि कांग्रेसको तर्फबाट एक जना पनि मधेशी समुदायका नेताहरुलाई अवसर दीइएन यो गलत भयो। मोरङ मधेश बाहुल क्षेत्र हो ६ वटा मध्ये २ वटा क्षेत्रमा भए पनि मधेशी समुदायका नेताहरुलाई उम्मेदवार बनाउनु पर्नेमा अन्सारीको जोड छ।

हामीले बर्षौ वर्षा तँ मन धन लगाएर पार्टीको संगठन तयार गर्न आफ्नो उर्वार समय दियौ तर अवसर पाउने बेलामा मुट्ठी भर भायक्ति जो नेताको नजिकका व्यक्तिहरु छन् तिनै व्यक्तिलाई समानुपातिक कोटामा पनि सांसद बनाउनु पर्ने ,मन्त्रि बनाउनु पर्ने बिडम्वना छ। जबसम्म सामानुपातिक सीताको मर्म बुझ्दैनौ तबसम्म न्याय हुदैन। सामानुपातिक र प्रत्क्ष सिटमा मधेशी समुदायका नेताहरुलाई यस पटक पकै पनि पार्टीले अवसर दिनु पर्छ अनासारिले भाबुक हुदै भने।

व्यापारी संगै राजनीति र समाज सेवामा समेत अन्सारी सकृय रहेका छन् । कोमल मन भएका अन्सारी समाज सेवामा समर्पित रहेका छन् । सहयोगी भावना र समाजका लागि केही गर्ने दृढ इच्छाशक्ति भएकाले नै उनी समस्यामा परेकाहरुलाई यथा सम्भव सहयोग गर्दै आई रहेका छन् । यस क्षेत्रका बालबालिका देखि लिएर युवा, बृद्ध, महिला समेत हरेक जातजातिका सबै उमेर समूहका ब्यक्तिहरु माझ सामाजिक कार्य र सहयोगि मनका कारण उनी लोकप्रिय बनेका छन् ।

नेपाली कांग्रेसका केन्दिय सदस्य भएर काम गरी सकेका अन्सारीलाई मोरङ जिल्लाको राजनिती बारे राम्रो अनुभव रहेको छ । अन्सारी लामो समय देखि नेपाली कांग्रेसमा रहेर राजनिती गर्दै आईरहेका छन् ।

तपाईको प्रतिक्रिया