उड्न देऊ मलाई पनि आकाशमा त्यो चरी जस्तै ।
सफलतालाई पछ्याउदै, यो भुमरी भन्दा धेरै माथि ।।

खुशीको खोजी त केवल एक भ्रम मात्र ।
यहाँ आफ्नै मानसपटल संग जुहारी खेल्दै ।।

भेटीएका सुख त्यै अन्तर्मन भित्र रहेछ ।
आफैलाई चिन्न म खोजिरहेछु आफ्नै परिवेश ।।

सबैका आ-आफ्नै कथा ब्यथा छन् ।
यध्यपी खुशी छन् मुहारमा, मन भारी भए नी ।।

रमाउन देउ हे जिन्दगी मलाई यै जुनिमा ।
आफ्नो मनको सबै ईच्छा आकांक्षाहरुसंग ।।

स-साना परिबेशहरुको कोलाहल खोज्दै ।
आफै भित्रको आत्मसन्तुष्टिका निम्ती ।।

उड्न देऊ मलाई पनि आकाशमा त्यो चरी जस्तै ।
सफलतालाई पछ्याउदै, यो भुमरी भन्दा धेरै माथि ।।


बिनयबिष्णु के. सी.
बिराटनगर – ८

तपाईको प्रतिक्रिया