काठमाडौं क्षेत्र नम्बर ७ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकटका लागि नेपाली कांग्रेश महानगर शभापती सहित उम्मेद्बार सिफारिस गरेको छ।

दाबी गर्नेहरुमा धेरै भए पनि पुराना नेता निलकाजी शाक्य नै टिकट पाउने निश्चित रहेको उहाँ निकट मानिने नेताले बताए । पाका पुराना नेता निलकाजीलाई निर्वाचन क्षेत्रको भावनाको मुल्यांकन गरि उहाँलाई अघि बढाउनु पर्ने स्थानीयको माग छ।
पार्टीमा गरेको त्याग तपस्याले गर्दा एक चोटि टिकट जसरी हुन्छ दिनु पर्ने छ। किनकी यो क्षेत्रमा निलकाजी नै तेस्तो ब्याक्ती हो जसले कम्निस्ट्को दबदबा अन्तय गरे।

निलकाजी शाक्यको राजनीतिक ईतिहास लामो छ। उहाँ बिगत लामो समयदेखि राजनीतिमा हुनुहुन्छ ।
उहाँलाई नेपाली कङ्रेशका पुराना नेता हुनुहुन्छ ।
विभिन्न आन्दोलनमा लागेर जेल जीवन बिताउनु भएको शाक्य तरुणदलको केन्द्रिय सदस्य हुँदा अहिलेका गृहमन्त्री बालकृष्ण खाड तेतिबेलाको शभापती हुनुहुन्थ्यो ।

उहाँ धार्मिक नेता हो, सेतो मछिन्द्रनाथको पुजारी हो। नेपाली काग्रेशका लहौ पुरुष नेता गणेशमान शिहसंग साथ गरेका नेता उहाँ हो।

नेपाली कांग्रेसको राजनीतिमा लागेका पुराना अब्बल नेता हुन नीलकाजी शाक्य।
उहाँको ईतिहास नेपाली कांग्रेसमा लामाे छ । उहाँ जुझारु नेता हुनुहुन्छ । नेपाल विद्यार्थी संघ पब्लिक युथ कलेजको सभापती हुँदै तरुण दलको केन्द्रिय सदस्य ,काठमाडौं महानगर पालिका वडा नम्बर २५ को वडा अध्यक्ष हुँदै काठमाडौं महानगर सभापति जितेर अगाडि बढेका नीलकाजी प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलन मार्फत राजनीतिमा उदाएका नेपाली कांग्रेसमा अवसर नपाएका नेता हुन् । उनि यसपटक केन्द्रिय सांसद उम्मेदवारको सशक्त दाबेदार मानिएका छन्।

कसैलाई नचिढ्याइ कांग्रेसले सर्वसम्मत उम्मेदवार चयन गर्न सकेन भने ठुलो मुल्य चुकाउनु पर्ने देखिन्छ। नीलकाजी शाक्यलाई टिकट नदिने हो भने निर्वाचन क्षेत्र नम्बर सातमा नेपाली कांग्रेसको विरासत यसपटक पनि गुम्ने निश्चित छ । कुनै हाउगुजीको पछि नलागी निक्कै सुझबुझपूर्ण ढंगले उम्मेदवार चयन गर्न सकियो भने मात्र क्षेत्र नम्बर ७”मा कांग्रेसको विरासत जोगिने विश्लेषकहरु बताउँछन् । नेपाली कांग्रेसबाट निर्वाचन क्षेत्र सातबाट नीलकाजी शाक्यले टिकट पाउने निश्चित छ।
संघीय संसदको उम्मेदवार छनोटले प्रदेश समेत प्रभावित हुने गर्छ ।
जसले लोकप्रिय र जातिगत सन्तुलन मिलाएर उम्मेदवार अघि सार्छ, उसको जीत निश्चित रहेको जानकारहरु बताउँछन् । झण्डै ९० प्रतिशत नेवार समुदायको मत रहेकोमा यो निर्वाचन क्षेत्रमा फ्याक्टरलाई नजरअन्दाज गरियो भने उसको पराजय निश्चित छ । यो गल्ती गर्न कांग्रेस तयार देखिएका छैनन्।

तपाईको प्रतिक्रिया