- रोशन पोखरेल, विराटनगर

रोशन पोखरेल,काठमाण्डौं ।
गायक सन्तोष कटवालको स्वरमा रहेको “ए सानी” गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष कट्वालको शब्द तथा अर्जुन पोखरेलको संगीतमा गीत तयार पारिएको छ । मौलिक नेपाली शब्दहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । मायालु प्रेमिल जोडि विचको प्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ । दिनेश पराजुलीको छायाँकन तथा अमृत चापागाईँको सम्पादन तथा पछिल्लो समयमा नेपाली सुगम संगीतको निर्देशनमा सर्वाधिक चर्चामा रहेका भिडियो निर्देशक जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा सन्तोष कटवाल र मौसमी खनालको अभिनय देख्न सकिन्छ ।

“ए सानी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया