हेटौँडा । अमेरिकी चर्चित र्‍यापर स्नुप डगले दक्षिण भारतीय फिल्म पुष्पाको ‘सामी सामी’मा नृत्य गरेको नेपाली बालिका बारिशा थापाको भिडियो इन्स्टाग्राममा सेयर गरेका छन् ।

विश्वभर करोडौँ फ्यान भएका र्‍यापर स्नुप डगले थापाको भिडियो सेयर गरेपछि उनको चर्चा अब हलिउडसम्म चुलिएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नं. ९ की बारिशाले विद्यालयको एक कार्यक्रमको सन्दर्भमा उक्त गीतमा नाचेको भिडियो सोही विद्यालयको एकजना शिक्षिकाले टिकटकमा सेयर गरेपछि उनको चर्चा चुलिएको थियो ।

उनको भिडियो हेरेपछि भारतीय कोरियोग्राफर रेमा डिसुजाले उनको भारतीय टिभी रियालिटी शो डान्स इन्डिया डान्समा भाग लिन निम्तो दिएका छन् । १७ पटक मनोनयन भइसकेका स्नुप डगले भिडियो सेयर गरेपछि उनको चर्चा यतिबेला संसारभर चुलिएको छ ।

तपाईको प्रतिक्रिया