काठमाडौं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आज (शुक्रबार)देखि लाइभ शो सुरु हुँदैछ । यो चरणदेखि आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई जिताउन दर्शकले भोट गर्न सक्नेछन् ।

लाइभ शोमा चार जना कोचको समूहबाट १२ जना ट्यालेन्टबीच प्रतिस्पर्धा हुँदैछ । ब्लाइण्ड अडिसन, ब्याटल र नकआउट राउण्ड सकिएपछि सुरु हुन लागेको लाइभ शो निकै रोचक हुने अनुमान छ । लाइभ शोमा कोच प्रमोद खरेल समूहबाट योगेश मगर, आशिष महर र आशिष रायमाझीले प्रतिस्पर्धा गर्नेछन् ।

कोच राजु लामाको समूहबाट रिहान गिरी, रिवश गुरुङ र करणबीच प्रतिस्पर्धा हुनेछ । कोच राजेशपायल राईको समूहबाट सविना, भुपेन्द्र र पदमले प्रतिस्पर्धा गर्नेछन् । कोच प्रविशा अधिकारीको समूहबाट वर्षा, प्रिजोल र शैलले प्रतिस्पर्धा गर्नेछन् । यो कार्यक्रम हिमालय टीभीबाट शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया