टुलमुन म्यूजिकको प्रस्तुती रहेको गीत एक्स कस्को हुन्न र माया आज रिलिज भएको छ । गीतमा विजय गिरीको रचना, सरोज प्याकुरेलको संगीत, विशम आचार्यको स्वर र विशम आचार्यकै एरेन्ज रहेको छ । गीतलाई भोला पौडेलले साउण्ड डिजाइन स्टुडियोमा रेर्कडिङ तथा मिक्सीङ गरेका छन् ।
त्यस्तै गीतको भिडियो महेन्द्र निरौलाको निर्देशनमा तयार भएको छ । जसमा नविन लामाको कोरियोग्राफी, प्रकाश खड्काको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन र एनिमेश जोर्डनको मेकअप रहेको छ ।
भिडियोमा करिस्मा ढकाल, नविन लामा, सरगम प्याकुरेल र एल्भिन जङ्ग गिरीको अभिनय रहेको छ ।
गीतको भिडियोमा पारिवारिक पिकनिकमा श्रीमानको एक्ससँग भेट भएपछी श्रीमती रिसाउछिन् । गीतभरी उनलाई फकाउने प्रयास हुन्छ । भिडियोमा एक्स भएपनि उसलाई भुलेर अहिलेको मायालाई प्राथमिकता दिनुपर्ने सन्देश दिन खोजिएको गीतकार विजय गिरीले जनाउनु भएको छ ।
गीतका गायक विशम आचार्य भरखरै भ्वाइस अफ नेपालको नक आउट चरणसम्म पुगेका थिए ।

तपाईको प्रतिक्रिया