काठमाडौ÷नेपाली काग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) काभ्रेको अध्यक्षकोे जिम्मेवारीमा जिल्लाको पांचखालका विद्यार्थी नेता अन्जनराज खतिवडालाई दिइएको छ ।नेपाली काग्रेस काभ्रे संग मागिएको विवरण अनुसार अध्यक्षको पद रिक्त भएकाले तिन महिना भित्र अधिवेसन गरि नयाँ नेतृत्व चयनका लागि खतिवडालाई जिम्मेवारी दिइएको नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । नेविसंघ काभ्रेमा लामो समय देखि विवाद हुदै आएको थियो । यस अगाडी बनेपाका (हाल वडा नंं९का वडा अध्यक्ष) नृपेश वादे र नमोबृद्धका( हाल वडा नं.१,स्वतन्त्रबाट वडा अध्यक्षमा विजयी) प्रेमबहादुर लामा बिच को सभापति भन्नेमा विवाद रहंदै आएको थियो ।

तपाईको प्रतिक्रिया