मेष–मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । धेरै बोल्ने बानीले दुःख पाइएला होस पुर्याउनु होला । धनको नाश पनि होला ।
सन्तानबाट खोजे जस्तो सहयोग नपाउदा केहि पीडा होला ।

वृष–प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखापर्ने छ । आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला,
समर्थन गर्ने प्रशस्त पाइएलान । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ ।

मिथुन–प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ, धन कमाउने योग
छ । काममा जोश जागर आउनुका साथै आर्थिक एवम समाजिक लाभ मिल्ने छ ।

कर्कट–व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ ।अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् ।

सिंह–समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च धेरै नै बढ्ने छ । कामकै पछी लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन ।

कन्या–विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ । सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुगा र मीठ खाजाको आनन्द पनि मिल्नेछ ।

तुला–भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ

वृश्चिक–कतैबाट आर्थिक लाभ हुने समय छ चनाखो भने रहनु होला । केहि अधुरो काम सम्पन्न हुने खालको दिन रहेछ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतीबाट लाभ हुनुका सथै धर्मिक कार्यमा सम्लग्न हुने समय छ ।

धनु–सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला, अरुको कम मात्र भर पर्नृ होला । केही विवाद समेत परिने योग छ सावधान रहनु होला । शरिरीक तथा मानसिक आलस्यता बढ्नेछ झै भगडा हुने दिन छ ।

मकर–परिस्थिति सँग केही सम्झौता गर्नुपने छ । जगिरका क्रममा समस्या आउन सक्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन ।

कुम्भ–आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य
जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ ।

मीन–दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । मान–सम्मान पनि पाइनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ ।

तपाईको प्रतिक्रिया