पत्रकारीता साथै सामाजिक कार्यमा समेत सक्रिय पत्रकार सोनुकुमार दास सम्मानित भएका छन् । १ नं प्रदेशको बिभिन्न स्थानमा पत्रकार सोनु समाजिक कार्य देखी सचेतना मुलक रिपोर्टिङ गर्दै आएका छन् ।

मोरङको धनपालथान गाँउपालिकाको ७ नं वडामा रहेका रिसिदेव बस्तीमा स्थानीय रामधारी रिसिदेवले सो ठाँउका बिद्यार्थीहरुलाई निःशुल्क रुपमा पढाउँदै गरेको रिपोर्टिङ गरेका थिए । रामधारी दैनिक रुपमा ज्याला मजदुरी गर्छन् । दैनिकी ५०० देखी ६०० रुपैँया कमाएर जिविकोपार्जन गरे पनि , निःशुल्क रुपमा बिहान बेलुकी बिद्यार्थीहरुलाई पढाउँदै आएका छन् । अँध्यारो कोठामा सिमेन्टको बोरा ओछ्याएर बिद्यार्थीहरु उनिसंगै पढ्दै आएका थिए ।

पत्रकार दासले , लाइभ न्यूज रफतार अनलाइनमा रिपोर्टिङ गरे पछि त्यहाँ सहयोग जुटेको थियो । रामधारीको उक्त निःशुल्क बिद्यालयमा अन्य थुप्रै मनुवाहरुले सहयोग गरेका छन् ।

यस्तै समाजिक संस्था साना पाइला , बिराटनगर मोरङले पत्रकार सोनुको समाज प्रतिको लगाव र सामाजिक पत्रकारीता गरेको प्रति प्रसंसा पत्रले सम्मानित गरेका छन् । पत्रकार सोनुकै पहलमा रामधारीको उक्त निःशुल्क बिद्यालयमा पढ्ने बिद्यार्थीहरुका लागी दन्त शिविर लगाइएको छ ।

नेपाल डेन्टल एसोसिएसन मोरङ , रोटरी क्लब अफ बिराटनगर सेन्ट्रल र साना पाइलाको सहकार्यमा दन्त शिविर लगाइएको हो ।

उक्त शिविरमा साना पाइला समाजिक संस्थाका अध्यक्ष समेत रहेका दन्त रोग विशेषज्ञ डा. मिरा आचार्य , वरिष्ठ दन्त रोग विशेषज्ञ डा. अभिशेक कुमार , नेपाल टेन्टल एसोसिएसन , मोरङका अध्यक्ष समेत रहेकी विशेषज्ञ डा. प्रेक्क्षा दलिले निःशुल्क दन्त शिविरमाफर्त ६८ जना बिद्यार्थीहरुको दन्त परिक्षण गरेका थिए । यस्तै उक्त शिविरमा रोटरी क्लब अफ बिराटनगर सेन्ट्रलका प्रतिनिधि यसोद्धा खतिवडाको समेत उपस्थिति थियो ।

यता पत्रकार सानुले भने ,आज सम्मानित हुँदा उत्साहित भन्दा पनि समाजप्रतिको जिम्मेवारी थप बढेको बताए । सोनुले भने , सामाजिक देखी भ्रष्टाचार र विकृति बिरुद्ध रिपोर्टिङको कलम चलार्इ रहदाँ कहिले राजनितिक हस्तक्षेप भएको हुन्छ त कहिले गुण्डाहरुले जहाँ भेट्छस त्यही मार्ने धमकी समेत आइरहदा पनि डटेर पत्रकारीताको धर्म निर्वाह गरेको बताए ।

सर्वप्रथम रोटरी क्लब अफ बिराटनगरले रामधारीको उक्त निःशुल्क बिद्यालयमा कार्पेट , शैक्षिक सामग्री , बिद्यार्थीहरुका लागी सर्ट , प्यान्ट , जुत्ता ,बिभिन्न खाद्यन्न सामग्री सहयोग गरेका थिए ।

रामधारीलाई ज्याला मजदुरी गर्न साइकल समेत नभएको हुँदा पत्रकार सोनुको पहलमा उनलाई रोटरी क्लब अफ बिराटनगरका अध्यक्ष कबिन श्रेष्ठले साइकल समेत दिएका थिए ।

यता , रोटरी क्लब अफ बिराटनगरका अध्यक्ष कबिन श्रेष्ठले भने , सोनु एक असल पत्रकारीताको पथमा हिडिरहेको उनले बताए । समाजको बिकृती बिरुद्ध बोल्ने साहसी पत्रकार सोनुले , गरिब असाहयहरुको आवाज विहिनहरुको आवाज बनेको कबिनले बताए ।

तपाईको प्रतिक्रिया