नेपालगन्ज : नायक आर्यन सिग्देल र नायिका उपासना सिङ ठकुरी स्टारर चलचित्र आज शुक्रबारबाट देशभर एकसाथ रिलिजमा आएको छ। लामो समयदेखि पर्खाइमा रहेको यस् चलचित्रलाई दर्शकले अब नजिकको हलमा हेर्न सक्नेछन् ।

चलचित्रलाई राजधानी लगायत उपत्यका बाहिरका मल्टिप्लेक्स र सिङ्गल थियटरमा राम्रो शो दिइएको छ। चलचित्रले सुरुवाती व्यापार राम्रो गर्ने आँकलन गरिएको छ।

लभस्टोरी, सस्पेन्स र एक्सन लगायत कमेडिको प्याकेज दर्शकले चलचित्रमा पाउनेछन् ।प्रबिन झाले निर्देशन गरेको यस् चलचित्रमा बिपिका खनालको कथा रहेको छ।

आर्यन र उपासनाका अलावा मुख्य यस् चलचित्रमा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को निर्माता रामप्रसाद रिजाल हुन् । कार्यकारी निर्मातामा भने लक्ष्मण रिजाल र असिम काफ्ले रहेका छन् ।

श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई महेश आर गुप्ताले खिचेका हुन् भने बनिश शाहको चलचित्रमा सम्पादन रहेको छ।

तपाईको प्रतिक्रिया