पुष, २० । भक्तपुरको मध्यपुरठिमी नगरपालिकाले सम्पत्ति सुद्धिकरण निवारण कार्यविधि निर्माण सम्बन्धि तालिम दिएको छ । नगरपालिकाको सहकारी साखाले आयोजना गरेको दुई दिवसीय तालिममा पालिकाभित्र रहेका २० भन्दा बढि सहकारीका प्रतिनिधिले सहभागिता जनाएका थिए ।
सहकारीमा आउने विकृतिलाई न्यूनिकरण गर्न नगरपालिकाले सम्पत्ति सुद्धिकरण निवारण कार्यविधिबारे प्रशिक्षण दिएको सहकारी शाखा प्रमुख सुरेश राइले बताए । प्रशिक्षण कार्यक्रम विशेष गरि कार्य विधि बनाउने विषयमा केन्द्रित थियो । तालिममा नेपाल राष्ट्र बैकका पुर्व निर्देशक श्यामकृष्ण दाहालले प्रशिक्षण दिएका थिए । उनले कार्यविधिको नमुना समेत प्रस्तुत गरे ।

कार्यक्रमको समक्षिा गर्दै शिक्षा विकास साकोसका अध्यक्ष तुल्सीहरी प्रजापतिले तालिम उपलब्धिमुलक रहेको बताए । तालिममा सहभागि मोलुङ वचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष सुरेशबाबु जमरकट्टेलले नगरपालिकाले दिएको तालिमले सहकारी सञ्चालनमा थप सहयोग मिलेको र सहकारीमा सम्पत्ति सुद्धिकरण कार्यविधि बनाउन सहज हुने धारणा राखे ।

कार्यकारी अधिकृत विजयराज सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको छ ।

तपाईको प्रतिक्रिया