काठमाडौं :

लोकतथा दोहोरी गीतकी चर्चित गायिका टीका पुन साङ्गीतिक साँझ हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको आयोजक संस्था दर्पण संङ्गीतालयले यहि माघ २१ गतेदेखि उक्त सांगीतिक साँझ हुने जानकारी दिएको हो ।

कार्यक्रमको उद्घाटन प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने छ भने कार्यक्रमको प्रमुख अतिथिमा उपराष्ट्रपति नन्दबहादुर पुन रहनेछन् । साथै विशेष अतिथिमा सांस्कृतिक, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको उपस्थिति रहने आयोजकले जनाएको छ ।

कार्यक्रमका संयोजक मोतिराम खड्काका अनुसार टीका पुन साङ्गीतिक साँझमा गायिका टिका पुनलाई लोकप्रिय गायक राजु परियारले गायनमा साथ दिनेछन् । टीका पुन साङ्गीतिक साँझ यो पहिलो पटक हुन लागेको हो ।

तपाईको प्रतिक्रिया