काठमाडौं,

समसामयिक बिषयवस्तुलाई समेटेर निर्माण तथा प्रसारण हुँदै आईरहेको हास्य टेलिसिरियल ‘रिटार हल्दार’ले दर्शकको प्रशंसा बटुल्न सफल भएको छ । २५ औं श्रृङ्खला सफलतापूर्वक पार गरेको खुशियालीमा एक कार्यक्रमबीच आमदर्शकलाई धन्यवाद दिँदै आपसमा खुशी साटासाट गरी टेलिसिरियल युनिटले मनाएको छ ।

माउन्टेन टेलिभिजनमार्फत प्रसारण हुँदै आएको ‘रिटार हल्दार’मा विष्णु सापकोटा, स्वीकृति खरेल, पिताम्बर आचार्य, पुष्प आचार्य, लक्ष्मी तिमल्सिना, शिव शर्मा, गीता वली, प्रेम खतिवटा, रक्षा सापकोटा, मधुर वस्नेत, सागर परियार, रामकाजी घिमिरे, विनोद परियार, सन्तोष पौडेल, प्रेम श्रेष्ठ लगायतका कालकारको अभिनय छ । विष्णु सापकोटाको निर्माण, परिकल्पना रहेको ‘रिटार हल्दार’मा भद्र भुजेलको निर्देशन छ ।

तपाईको प्रतिक्रिया