उत्तर कोरियाले भोलि कोरियाली जन सेना स्थापनाको ७५ औं वार्षिकोत्सव मनाउँदै छ । सेनाले आफ्ना महान कमाण्डरहरुको नेतृत्वमा निरन्तरता सफलता प्राप्त गरिरहेको उल्लेख छ ।

समाजवादी कोरिया स्थापनाका महान नेता किम इल सुङले शक्तिशाली सेनाको स्थापना गरेका हुन् । सन् १८४५ अगष्ट १५ मा जापानी सेनाको कब्जाबाट मुक्ति प्राप्त गरेपछि मातृभूमिको रक्षार्थ १८४६ फेब्रुअरी ८ तारिखका दिन उक्त सेनाको स्थापना गरिएको त्यहाँको फरेन ल्याङ्वेज पब्लिकेसन्स हाउसले जनाएको छ ।

उत्तर कोरियाको भाषामा अमेरिकी साम्राज्यवादीका कारण स्थापनाको छोटो अवधिमै आफ्ना सेनाले विपक्षीहरुसँग युद्ध लडेको थियो । तर पनि २७ जुलाई १९५३ मा उत्तर कोरियाली सेनाले युद्ध जितेको हो ।

तपाईको प्रतिक्रिया