काठमाडौं– कोलेस्ट्रोल हाम्रो रगतमा समावेश एउटा मैन जस्तो पदार्थ हो । कोलेस्ट्रोलको स्तर २०० एमजी (डीएल) भन्दा बढी हुँदा हाई कोलेस्ट्रोलको समस्याको सामना गर्नु पर्छ ।

हाम्रो रगतमा दुई किसिमका कोलेस्ट्रोल पाइन्छ, गुड र ब्याड कोलेस्ट्रोल । ब्याड कोलेस्ट्रललाई अति नै खतरनाक मानिन्छ । धमनीमा ब्याड कोलेस्ट्रोलको मात्रा बढ्नाले मुटुमा रगत राम्रोसंग सञ्चार हुँदैन, जसका कारण हृदयघात र स्ट्रोक आदिको खतरा बढ्छ । शरीरमा कोलेस्ट्रोलको मात्रा रगतको परीक्षणबाट थाहा पाउन सकिन्छ ।

भोजनमा लुकेको खतरनाक बोसो

कोलेस्ट्रोललाई कम गर्नका लागि स्वस्थ्यकर भोजन अति आवश्यक मानिन्छ । प्रायः मानिस स्वस्थ्य खाना त्यसलाई मान्छन्, जसमा अलिकति पनि चिल्लो पदार्थ हुँदैन । तर अनसेचुरेटेड फ्याट र लिक्विड फ्याट स्वास्थ्यका लागि फाइदाजनक हुन्छ र सेचुरेटेड फ्याट शरीरका लागि नोक्सानदायक हुन्छ भन्ने मान्यता चिकित्सकको रहेको छ । यसबाहेक एउटा अर्को फ्याट, जसलाई ट्रान्स फ्याट भनिन्छ, जुन फ्याटमा मानिसको ध्यान गएको हुँदैन । अहिले सबै कुरामा ट्रान्स फ्याटको प्रयोग गरिन्छ । यसलाई अति नै अस्वस्थ्यकर मानिन्छ । सेचुरेटेड र ट्रान्स फ्याट समावेश भएको खानेकुरा खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

भोजन सही नहुनु

प्रायः मानिस कोलेस्ट्रोलको स्तर कम गर्नका लागि स्वस्थ्य खाना सेवन गर्छन् तर कहिलेकाहिँ ती भोजन कोलेस्ट्रोल कम गर्नका लागि पर्याप्त हुँदैन । जुन मानिसको कोलेस्ट्रोलको स्तर हाई हुन्छ, उनीहरुले कीटो डाइट गर्नु हुँदैन भन्ने चिकित्सकको भनाइ छ । राम्रो भोजनका लागि डाक्टरको सल्लाह लिनु आवश्यक छ ।

कोलेस्ट्रोल म्यानेजमेन्ट प्लान स्वस्थ्यकर नहुनु

केवल जीरो डाइट र अर्ग्यानिक तरकारीको सेवनले मात्र कोलेस्ट्रोलको स्तर कम गर्न सकिँदैन । यसका लागि पूर्ण रुपमा योजना बनाउनु आवश्यक छ । यसका लागि आफ्नो शरीर सक्रिय राख्न र औषधिको सेवन सावधानीपूर्वक गर्नु पर्छ ।

शारीरिक गतिविधि नहुनु

कोलेस्ट्रोलको स्तर कम गर्नका लागि भोजन र स्वस्थ्य जीवनशैलीको साथै शारीरिक गतिविधि पनि आवश्यक हुन्छ । कोलेस्ट्रोलको स्तर कम गर्नका लागि दिनहुँ कम्तिमा ३० मिनेट हिड्नु आवश्यक छ ।

मदिरापान

मदिरापान गर्नाले कोलेस्ट्रोलको स्तरमा अति नै नराम्रो असर पर्छ । यदि दिनहुँ कोलेस्ट्रोलको औषधि खाइरहनु भएको छ र मदिरा पनि पिउनु हुन्छ भने शरीरमा औषधिको कुनै असर हुँदैन ।

औषधिको खुराक

कोलेस्ट्रोलको स्तर कम नहुनु एउटा अर्को मुख्य कारण हो औषधिको सही खुराक सेवन नगर्नु । आफ्नो कोलेस्ट्रोलको स्तर परीक्षण गराएर रिपोर्ट डाक्टरलाई देखाउनु पर्छ । डाक्टर भने बमोजिम औषधि सही समय र मात्रामा सेवन गर्नु पर्छ ।

तपाईको प्रतिक्रिया