काठमाडौं । नेपाल चलचित्र कलाकार संघको यही आउँदा ४ चैतमा हुने निर्वाचनले नयाँ कार्यसमिति तीन वर्षका लागि चयन गर्दै छ । संघको सो निर्वाचनका लागि अध्यक्षमा दुई जना कलाकारहरु मोहन निरौला र रेजिना उप्रेतीले शनिबार उम्मेदवारी दिएका छन् । यी दुबै जना अध्यक्षका उम्मेदवार हाल संघमा उपाध्यक्षको रुपमा रहेका छन् । आ आफुले राम्रो काम गर्दै आएको दाबी सहित दुबैले अध्यक्षको पदमा उम्मेदवारी दिएका हुन् । संघका हालका अध्यक्ष रविन्द्र खड्काले पनि सुरुमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए । तर शनिबार उम्मेदवारी दर्ता गराएनन् ।

शनिबार नै सबै पदका लागि उम्मेदवारी परेको छ । जसमा कलाकार संघका दुई उपाध्यक्ष पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन् । संघको दुई उपाध्यक्षका लागि उम्मेदवारी दिनेमा अभिनेत्रीहरु सरिता गिरी, तेजुला खतिवडा, कविता शर्मा गेलाल, अभिनेता बिष्णु प्रसाद रिजाल, कलाकार शिबहरी नेपाल बैरागी, डिबी बम्जन र पवन प्रसाद खतिवडा रहेका छन् ।

यस्तै संघको एक महासचिब पदका लागि ५ जना कलाकारको उम्मेदवारी परेका छन् महासचिवमा उम्मेदवार दिनेहरुमा अभिनेत्री पनाह अधिकारी, अभिनेताहरु सविन श्रेष्ठ, संजय खतिवडा, धर्मेन्द्र आचार्य र हास्य अभिनेता उत्तम केसीले उम्मेदवारी दिएका छन् ।

संघको एक जना सचिव पदका लागि दुई जना कलाकार रामेश्वर वुर्लाकोटी र जीवन थापाले उम्मेदवारी दिएका छन् । यस्तै एक जना कोषाध्यक्ष पदका लागि दुई कलाकार सुनिल कटवाल र बिनोद कुमार भट्टराईको उम्मेदवारी परेको छ । सुनिल हाल पनि कोषध्यक्ष नै हुन् । यसैगरी संघको एक जना सह कोषध्यक्षका लागि पवित्रा आचार्य र रोहित रुम्बाले उम्मेदवारी दिएका छन् । पवित्रा अहिले पनि संघको सह कोषाध्यक्ष हुन् ।

यस्तै कलाकार संघको केन्द्रिय सदस्यमा १० जनाको सिटको लागि निर्वाचन हुनेछन् । जसमा २५ जना कलाकारले उम्मेदवारी दिएका छन् । केन्द्रिय सदस्यमा उम्मेदवारी दिने कलाकारहरुमा पुकार भट्टराई, नम्रता खरेल, गोपिलाल तामाङ, डिपी दोङ, दिनेश अवाल, खिन्नबहादुर भण्डारी, रामशरण जँगम, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोईराला गौतम, इश्वर बल्लभ उप्रेती, भिमसेन बजगाईं, समिर लामा तामाङ। निर्मल स्याङतन रहेका छन् । यसैगरी उद्धबप्रसाद भट्टराई, गोपाल ढकाल छन्दे, खुस्बु खड्का, सितल केसी, संयोग राणा, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, लक्षुमन चौलागाईं, सुनिल कुमार पुरी, सविता राजोपाध्याय रहेका छन् । उम्मेवारहरुले सोमबारसम्म उम्मेदवारी फिर्ता लिन पाउने प्रावधान रहेको छ । शनिबारको निर्वाचनले संघको नयाँ कार्यसमिति चयन गर्नेछ ।

तपाईको प्रतिक्रिया