काठमाडौँ– विनाकपडा सडकमा भेटिएकी अमेरिकी अभिनेत्री अमान्डा बायन्सलाई साइकाइट्रिक वार्डमा पठाइएको छ ।

लस एन्जलसको सडकमा कपडाबिना नै घुमिरहेको अवस्थामा भेटिएपछि उनलाई उपचारका लागि साइकाइट्रिक वार्डमा लगिएको हो ।

विनाकपडा हिँडिरहेकी भए पनि उनमा होस भने रहेको अन्तर्राष्ट्रि सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमान्डा आफैँले एक ड्राइभरको सहयोग मागेको बताइएको छ । उनले आफैँ ड्राइभरको सहयोगबाट आफैँ ९११ मा फोन गरेर मद्दतका लागि प्रहरीलाई बोलाएकी थिइन् । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । त्यहाँ अहिले उनको उपचार भइरहेको छ ।

मानसिक समस्याले गुज्रिरहेकी अमान्डा लामो समयदेखि आफ्नो परिवारसँग छुट्टेर बस्दै आएकी थिइन् । उनका पूर्वप्रेमी पल माइकलका अनुसार उनले औषधि खाइरहेकी थिइन् ।

सन् २०१३ को एक घटनापछि अमान्डा तनाबमा थिइन् ।

तपाईको प्रतिक्रिया