काठमाण्डौ बैशाख २३ – विस्वको जुनसुकै मुलुकमा पुगे पनि, आफ्नै जन्मभूमि जस्तो प्यारो कहाँ हुन्छ र !! यो धेरै नेपालीहरुले महसुस गरेको कुरा हो । तर पनि बाध्यता र विवसताले मानिसलाई कहाँ कहाँ पुर्याउने गर्दछ । यो समयमा नेपाली मौलिक लोक दोहोरी गीतहरुले आफ्नै गाउँ घर भिर पाखामा रहेको अनुभूति दिने गर्दछ । यस्तै थप अनुभूति प्रदान गर्न लोकप्रिय गायक तथा सर्जक मुकुन्द महतले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाको पेरिफेरिमा रहेर भर्खरै मात्र आफ्नो पछिल्लो सांगीतिक प्रस्तुतिको रुपमा “आउँदै गर सान्नानी” बोलको गीतलाई सार्बजनिक गरेका छन् ।

यस गीतले उक्त गाउँपालिका लाई आन्तरिक पर्यटन प्रबर्धनका निमित्त महत्वपुर्ण भूमिका निर्वाह गर्ने विस्वास गर्न सकिन्छ । गायक तथा सर्जक मुकुन्द व्यावसायिकता मा भन्दा पनि आफ्नो सांगीतिक यात्रालाई जिवनतता प्राप्त गर्न मौलिकतालाई बिस्वास गर्ने गर्दछन् । फस्वरूप यो गीत पनि उस्तै किसिमको बनेको छ ।

उनि आधुनिक गीतमा पनि स्वर भर्न निकै माहिर छन् । साथै यस भन्दा पहिले पनि विभिन्न लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिसकेका छन् । गायक तथा सर्जक मुकुन्द महतको भर्खरै सार्बजनिक ब भएको गीतमा मुकुन्द महत र प्रेक्षा गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । मनोहर सुनामको संगीत संयोजन रहेको “आउँदै गर सान्नानी” बोलको गीतलाई लय शब्द भने राधिका दाहालले भरेकी हुन् ।

अहिलेको लागी माथि उल्लेखित गीतलाई लिरिकल भिडियोको रुपमा मात्र सार्बजनिक गरिएको छ । गायक तथा सर्जक मुकुन्दका अनुसार आगामी दिनमा यस गीतको म्युजिक भिडियोलाई पुर्नास्वरूप दिएर सार्बजनिक गरिने कुरा जानकारी प्राप्त भएको छ । गीतलाई के.डीरुपाखेती फिल्म्स युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

लिरिकल भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया