आगामी जेठ १२ गतेबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत ‘जाउ न आउ’ सार्वजनिक भएको छ । गीतमा युशिन राईको स्वर तथा शब्द र प्रयत्न श्रेष्ठको संगीत छ ।

गीतमा फिल्मका केही संवादसहितका दृश्य राखिएको छ । गीतमा फिल्मकी प्रमुख अभिनेत्री प्रमिला खनालको पीडा प्रस्तुत गरिएको छ । गीतमा फिचर्ड अन्य कलाकारहरु रमाइरहँदा प्रमिलालाई भने भावुक रुपमा देखाइएको छ ।

शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिसा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ । अभिनेत्री प्रमिलाले फिल्मले लोकल चामलको स्वाद दिने बताइन् । अर्का अभिनेता तेज फिल्ममा आफ्नो चरित्र कथामा ट्वीस्ट ल्याउने खालको रहेको बताउँछन् ।

सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष र भगवान पौडेलको पटकथा छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।

भिडियो लिङक: https://www.youtube.com/watch?v=-2A8GRXX_iw

तपाईको प्रतिक्रिया