काठमाण्डौं ।
नेपाली मौलिक चलचित्र लिलामे माइलोको पहिलो पोष्टर सार्वजनिक भएको छ । भिम लामाको निमार्ण तथा निर्देशन र दिलु सुव्वाको निमात्री रहेको चलचित्रमा मौलिक पनलाई मुख्य रुपमा समावेश गरिएको छ । प्रभाकर न्यौपानेको कथा , राज थापा काउचाको पटकथा तथा संवाद र दामोदर सापकोटा कार्यकारी निमार्ता रहेको चलचित्रमा कमला राईले सह निमात्री रहेकी छन । प्रकाश सुब्बाले चलचित्रलाई छायाँकन गरेका हुन ।चलचित्रमा कलाकार हरु, दामोदर सापकोटा, चन्दा लिम्बु , सुर्य लिम्बू , कमान्सिङ्ग राई रोसन बि सी, गंगा कुँवर, दिलु सुब्बा जानुका मगर, प्रमिला लामा, साजन लिम्बू , मुकुन्द बस्नेत , उदय सुब्बा, मानसिंह तामाङ्ग र अन्य धेरै रै कलाकारहरुको अभिनय रहेको छ ।

भिम लामा फिल्मस प्रालीको निमार्ण भएको चलचित्रलाई पुर्वाञ्चलको सुनसरीको वाह्रक्षेत्र , धरान , विष्णुपादुका , धनकुटाको राजारानी ,मनबुदुक, भेडेटार लगायतका स्थानमा छायाँकन गरिएको छ । चलचित्रलाई श्रावणको अन्तिम साता प्रर्दृशनमा ल्याउने निमार्ण पक्षले बताएको छ ।

तपाईको प्रतिक्रिया