गायिका रानी शाक्य र गायक संगीतकार बाबुल गिरीको स्वर रहेको गीत ‘झिम परेली’ युटुवको ट्रेडिङमा २२ औं स्थानमा पुग्न सफल भएको छ । डान्सिङ शैलीको गीतमा दिनेश सुवेदीको शब्द छ , गीतको संगीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् ।

गीतको भिडियोमा कलाकार किरण केसी, दीपाश्री निरौला, सरोज प्रजा र आभा थापा लगायतको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो निकै आकर्षक छ ।मित्र डि गुरुङको सम्पादन, सुदिप बरालको छायांकन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी कबिराज गहतराजले गरेका हुन । गीतलाई मौलिक रुपमा प्रस्तुत गरिएको छ् । आम दर्शक र श्रोताको मनमा छोटो समयमा युटुवको ट्रेडिङमा पर्न सफल भएकोमा सम्पुर्ण दर्शक तथा स्रोतालाई ‘झिम परेली’ टिमले धन्यवाद ब्यक्त गरेको छ । गीतको भिडियोलाई रानी शाक्य अफिसियल मार्फत हेर्न सकिन्छ । ।

तपाईको प्रतिक्रिया