मलाई छाेडि कहाँ जान्छाै नेटाे काटेर
सँगै ज्युने कसम ताेडि भाग्याैँ ढाटेर ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी

~~~~~~ टुक्का कविताहरू ~~~~~~

जहाँ पनि भ्रष्टाचार र दलाली गर्न थाले,
बिक्छन् धेरै कमिसनमै बोका पाठा र भाले।

रोजगार छैन् ज्यान त पाल्नै पर्छ जसरी पनि,
पापलाई धर्म कहिले धर्मलाई पाप भनि।
३.
ठगहरूको मेलमिलाप हुन्छ सधैँभरी,
खिचातानी र उस्तै बिलाप हुन्छ मनपरी।
✍️ सुरेशकुमार पाण्डे

~~~~~~ टुक्का कविताहरू ~~~~~~
१.
सकिएन तिम्रा यादलाई अनुशासन दिन
अनुमति विना नै हरक्षण आइदिन्छन् किन?
२.
सकिएन मेटाउन तिम्रा यादहरू
तिमीलाई भुल्नु भन्दा मरिदिन्छु बरु।
✍️ मन्दिरा सेढाई
मलेखु, धादिङ

~~~~~~ टुक्का कविताहरू ~~~~~~
१.
अभावै अभावले ज्यान ढल्यो
थाकेर शरीर चितामा जल्यो ।
२.
मागेको थियो दुई मुठी सास
भयो उसैको सडकमा बास ।
३.
आफन्तले खेदो खनेका थिए
मित्रले समेत धोका नै दिए ।
४.
आपत पर्‍यो यो जिन्दगी चलाउन
भगवान समेत लागे गलाउन ।
५.
आस्थाको केन्द्र भगवान थिए
जिन्दगीभर पीडा मात्रै दिए ।
६.
देश बनाउँछु भन्नेलाई मुद्दा हाल्छन्
लुटपाट गर्नेलाई भत्ता दिइ पाल्छन् ।
७.
देश गयो हेर लुटेरा र भ्रष्टाचारीको हातमा
निद छैन नेपाल आमालाई आजकल रातमा ।
८.
स्वाभिमानी युवाहरू उता विदेश जानु पर्ने
झोलेहरूले देश बेची यहाँ भ्रष्टाचार गर्ने ।
✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौँ

~~~~~~ टुक्का कविताहरू ~~~~~~
१.
जति पछाडि फर्केर हेर्याे उति नै जीवनकाे माया लागेर आउँछ,
हरेक वसन्तहरू पार हुँदा जिन्दगीकाे नयाँ नयाँ गीत गाउँछ।
२.
अभावहरुका बिचकाे त्याे रहर चाहानाहरू आज पनि उस्तै छन्,
हरेक तिर्खाहरुमा छट्पटिएकाे तृष्णा माथि वितृष्णाहरू बढ्दाे झन्।
३.
जिन्दगीकाे धेरै समयहरू स्पष्टिकरण दिनैमा बिताउनु पर्याे,
यहाँ दुनियासँग लड्दा लड्दै अनगिन्ति रहरका मुना यसै मर्याे।
४.
मान्छेहरू भन्दा कयौँ गुणा सुन्दर लाग्छ ती प्रकृतिका अन्य रुपहरू,
छल कपटमा समय बिताउनु भन्दा त उत्कृष्ट कामहरू छन् अरू।
५.
माया र विश्वासकाे धज्जी उडाउँनेहरूसँग सङ्घर्षकाे के कुरा गर्नु,
जिन्दगी जिउनकाे लागि आत्मसमर्पण गर्नु परेमा बरु पराेस् मर्नु।
६.
समयले साथ दिए जिन्दगी फूलाउन सकिन्छ हर मौसममा पनि,
जीवनका भाेगाइहरूमा सुन्दर संसारकाे त्याे अनुभूति मिल्छ अनि।
✍️ पुष्पा राई
खाेटाङ।

~~~~~~ टुक्का कविता ~~~~~~

हाँसौँला सँगै बाँचौँला साथमा जून तारा रहेसम्म सार,
तिमीलाई मैले आफ्नै जिन्दगी ठाने भुलेर संसार।
✍️ बेदु न्यौपाने
काठमाडौँ

~~~~~~ टुक्का कविताहरू ~~~~~~
१.
पैसा कमाउन जान्छु प्यारी त्यो खाडी मुलुक तिर,
घर हेरि बस् तिमी छाेरा छाेरीलाई खुवाई खिर।
२.
तिम्रै लागि सुख दिन गएकाे छु खाडी तिर,
नजानु प्यारी अप्ठ्यारोमा लडिएला भिर।
३.
अावश्यकता पूरा गर्न खाडीतिर गइयाे,
श्रीमतीको विश्वास गर्दा अाफैँ जाेगी भइयाे।
✍️ शाेभा अाचार्य गाैतम
काठमाडौँ

~~~~~~ टुक्का कविताहरू ~~~~~~
१.
तिमीसँग भेट्न मन लाग्छ धेरै पालि
भेट्छु भनि भाका सार्छ्यौ तिमीले त खालि ।
२.
मनमा माया भएदेखि नसारिदेऊ भाका
केटाकेटी कुरा हैन गर्नुपर्छ कुरा पाका ।
✍️ बाबुराम पाण्डे
अर्घाखाँची

~~~~~~ टुक्का कविताहरू ~~~~~~
१.
तिमी रहेछौ अचम्मका दाता
खै के खोज्यौ ? बनायौ नयाँ नाता ।
२.
अनर्थको दिमागले अरूलाई घोचेर
हुँदैन कदापि एकोहोरो भइ सोचेर ।
✍️ प्रेम थापा ‘मन’
बागलुङ

~~~~~~ टुक्का कविताहरू ~~~~~~
१.
मैले हेर्दा लजाएर नजर किन झुकाएको
नसालु ती नयनमा मलाई किन लुकाएको ।
२.
उसकाे खुसी मेरो लागि युद्ध जिते जस्तो लाग्छ
हास्छे जब खित्का छोडेर, सबै दु:ख टाडा भाग्छ ।
३.
लाजले छोप्दा अर्ध मुस्कान झनै मिठो लाग्छ बोली
अप्सरा पनि फिका लाग्छ हाँस्दा दन्ते लहर खोली ।
४.
लजाई लजाई बोल्छेउ जब खुसी मिल्छ झनै
मनमा बस्छौ देउता सरी, लाग्छ मन्दिर मनै ।
५.
मायाले नै संसार चल्छ, मायामा नै मिल्छ खुसी सारा
विष पनि अमृत बन्छ, माया मै झारिन्छ जुन तारा ।
६.
माया मै मिल्छ हाँसो खुसी अनी जलन
जित्ने खुसी हार्ने दुखी यस्तैछ चलन ।
✍️ दिलीप याेन्जन तामाङ

~~~~~~ टुक्का कविताहरू ~~~~~~
१.
कहिल्यै झुक्न नदिनु हाेला है देशको शिर,
सधैँ लाग्छ राष्ट्रसेवकलाई देशको पीर।
२.
भ्रष्टाचारीकाे गिड्नै पर्छ अब याे शिर,
अलि बलियाे बनाउ शिर गिड्ने तीर।
३.
पैसाको लागि आफ्नै सन्तानलाई बेच्न खाेजे छन् दाउ,
गरि सकेका रहेछन् भित्र भित्रै यिनीहरूले भाउ।
✍️ सहयात्री शाेभा अर्याल
बुटवल, रूपन्देही

~~~~~~ टुक्का कविताहरू ~~~~~~
१.
मिठो,सभ्य सधै बोल्नु
भित्री मन सधै खोल्नु।
२.
उत्कृष्ट पहिचान बन्छ हाम्रो
सत्यतामा नै घुल्छ सधै राम्रो।
३.
सच्चा साथीको विश्वास गर्नु
काली-माताको शरण पर्नु।
४.
काम गर्नु सधै सम्पूर्ण जानी
सच्चा ज्ञानले नै बनिन्छ ज्ञानी।
५.
म हुँ चम्किलो पाल्पाली हिरो
साहित्य भित्र लम्किने किरो।
✍️ शिव कुमार रेग्मी
पोखराथोक, पाल्पा

~~~~~~ टुक्का कविताहरू ~~~~~~
१.
निराशालाई त्यागी अब आशावादी बन्नु पर्छ,
सकारात्मक सोचले नै दुख अनि पीडा हर्छ।
२.
खुसीहरू समेटेर आँखाभरि सजाइ राख,
हुन्न कहिले बिरानी यो मायालुको न्यानो काख।
३.
सत्यलाई स्विकार गरी बाँच्नु पर्छ जिन्दगानी,
रमाएर जुनी काट्न केलाई फेरि आनाकानी।
४.
हामी भित्रै रिसराग अनि पीडा जलन हुन्छ,
वेदनाले भरिएर हाम्रो कोमल मन रुन्छ।
५.
आफै भित्र फुल्छ यहाँ सुवासको सुन्दर फूल,
मायालुलाई धोका दिने गर्नु हुन्न कुनै भुल।
६.
उडी जाने पन्छी जस्तै हो है हाम्रो जीवन पनि,
बस्नु पर्छ हामी सबले घाट पुग्ने दिन गनी।
७.
हामी ठुला माछा हौ नि समात है भुरा,
एकै खाले भ्रष्टाचारी मिल्छन् हाम्रा कुरा।
८.
भ्रष्टाचारी एक भाई देश लुट्नु पर्छ,
झोले हुक्के समुहले हाम्रै भर गर्छ।
९.
आउ मिली देश लुटौ गर्नु हुन्न बेर,
कङ्गाल बनाउ देश लौन एक फेर।
१०.
दले हामी सबै मिली देश बेच्नु पर्छ,
हामी जस्तो नेतालाई कल्ले के पो गर्छ।
११.
नेता मिलौ आउ अब यि जनता मार्न,
देशको यो सम्पती आफ्नो भागमा पार्न।
१२.
देशद्रोहीहरू मिली गर्छन् वारीपारी,
खुलेआम दादागिरी गर्दै भ्रष्टाचारी।
✍️ नवशिला
बेलबारी-२, लालभित्ती,मोरङ।

~~~~~~ टुक्का कविताहरू ~~~~~~
१.
बाँचुन्जेल कामकाे नै छ चपेटा
तक्दिरले लागाई दियो लपेटा ।
२.
जानै पर्छ अब बिरानो मुलुक
नहेर्नु नि कतै पल्याक पुलुक ।
३.
गाउँ घरमा कामकै छ चटारो
मौसमले नै हानिदिन्छ झटारो ।
४.
बन्छ सम्बन्ध त्यत्तिकै गाउँमा
मनमोजी मान्छे छन् यो ठाउँमा ।
५.
सुख खोज्दै गाउँ छोडी शहर तिर सरेको
बैराग लाग्यो देखे पछि हार्दिकता मरेको ।
६.
खुसी किन्नलाई खाडी छिर्छु म कमाउन दिराम
घर धानेर बसे है प्यारी नगरे कुनै बिराम ।
७.
घरको ऋण त तिर्नु नै पर्यो जान्छु विदेश तिर
धन कमाइ छिट्टै फर्किने छु नमान्नु कत्ति पीर ।
८.
यत्रतत्र दिल विहिन सास फेर्ने रैछन् मेसिन
दिक्क लाग्दा फर्के गाउँमै बस्नै सकिन एक्कै छिन ।
९.
अभावको चक्रव्यूहमा फसे पनि गाउँ नै प्यारो
मानवताको बीज छर्न गर्नु पर्दैन कतै ख्यारो ।
✍️ बाबुराम गौतम
गुल्मी

~~~~~~ टुक्का कविता ~~~~~~

ठुलो माछा सुन खान पल्केको ,
दारी जुँगा चाँदी झै, लौ टल्केको ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा

~~~~~~ टुक्का कविताहरू ~~~~~~
१.
कस्को मन नदुख्ला यहाँ देश रोएको बेला
जनतालाई नेताहरुले गरेका छन् झेला।
२.
कैलेसम्म हेर्नुपर्ने हो गद्दार नेताको मेला?
जागौँ जनता हो जागौँ अब त गरौँ जनभेला।
✍️ समुद्र
जल्जला ७ गण्डकी

~~~~~~ टुक्का कविता ~~~~~~

ठूलोबाट सानालाई दबाइन्छ
जस्तो आफू उस्तै बन्न लगाइन्छ ।
✍️ शुदर्शन शर्मा

~~~~~~ टुक्का कविताहरू ~~~~~~
१.
भ्रष्टाचारको हिरो
समाज भित्र जिरो ।
२.
देश चम्काउने हिरा बन्छु भन्यो,
तर आज देश खाने किरा बन्यो ।

(छन्द शशिकला)
३.
चहल पहल छ त गजब शहरमा,
दिनभर जमघट अजब कहरमा ।
४.
बुझ अब जड सत किन नि कचहरी ?
पशुपति भन सुन कति छ ? जलहरी।
✍️ बिबस पारदर्शी
झापा

~~~~~~ टुक्का कविताहरू ~~~~~~
१.
स्वर वर्ण,व्यञ्जन वर्ण र अंकको सहायता छ कतै
यिनलाई मिलाउनको लागि सर्वत्र खोज्छु जताततै।
२.
टुक्का कवितालाई कसरी पार्ने होला चोटिलो र कसिलो
सरस,अर्थपूर्ण भै रामेछापको जुनार झैं होस् रसिलो।
३.
सही टुक्काकारले लेख्दा पढ्न मन लाग्ने होला अझै कति
यो लेखाई हेर्दा कसैले भन्छन् कि बिग्रिएछ नि तिम्रो मति।
४.
कोसिस जारी छ अभ्यास गर्न छोड्नु हुन्न नि भन्छन् सब
धेरैले भन्लान् टुक्का कविता राम्रो लेख्नु पर्छ झनै अब।
✍️अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः- अमेरिका,बोस्टन।

~~~~~~ टुक्का कविता ~~~~~~

कतै सुन हराएर हुन थाल्यो पित्तल
कतै गुन हराएर हुन थाल्यो सित्तल।
✍️ महेन्द्र मान बलामी
काठमाडाैँ

~~~~~~ टुक्का कविताहरू ~~~~~~
१.
अपराधमा ठुलाे मानव तस्कर ,
सत्ता हर्ताकर्ताकाे देखियो लस्कर ।
२.
जनहितका ठुलाठुला पुजारी ,
देश घाती अकिञ्चन दुराचारी ।
३.
सत्तामा बस्ने देशका अाैलाद ,
साँचोमा देखियाे हरे जल्लाद ।
४.
बुझियाे भ्रष्टाचारीकाे मुख्य उद्देश्य अनि काम कुरा ,
सत्ता कब्जा गरी देश लुट्ने रहेछ अब हुन्न पुरा ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर

~~~~~~ टुक्का कविताहरू ~~~~~~
१.
लखर लखर नडुल न बस घरमा
स्वयम गर अब नपर पर भरमा ।
२.
अलमल नगर अब नसुत त्यसरी
झटपट गर न अब त उठ बचरी ।
✍️ गुणनिधि घिमिरे
अमेरिका

~~~~~~ टुक्का कविताहरू ~~~~~~
१.
तँ खुसी भए मात्र हो म चम्कने
तँ दौडे पछि मात्र हो म लम्कने ।
२.
यसरी नरमाइलो नबन
ए मन के भयो तलाई भन।
✍️ पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।

~~~~~~ टुक्का कविता ~~~~~~

किन तिमीहरूले लगाउनु पर्‍यो राज्य माथि भार
थुक्क अझैसम्म बुझेनौँ ए अपराधीका ठेकेदार।
✍️ डिल्लीराज घिमिरे

~~~~~~ टुक्का कविताहरू ~~~~~~
१.
बिरामी भई उपचार गर्न गएकाे
घर फर्किदा त मृगौला चाेरी भएकाे।
२.
न्याय माग्न कालोकोट लगाउनेकाेमा गएको
नियम कानुन सुन्दैमा उल्टै हैरान भएको ।
३.
गरिबीले विदेश जाउँ झैँ भएको
सपना देखियाे बाकसमा आएको।
✍️ रुना कर्माचार्य दाहाल
नारायणघाट

तपाईको प्रतिक्रिया