काठमाडौ–सकम्बरी गीतको चर्चा चुलिरहेका बेला प्रकाश सपुतको अभिनय रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीतले माहोल बनाएको छ ।

गायक निशान भटटराई र जेनिसा गौत्तमको स्वरमा रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीत हालै सार्वजनिक भएको हो । जिवन भण्डारीको शब्द रहेको उक्त गीतमा सुवास भुषालको संगीत र उदय राज पौडेलको एरेन्ज गरेका छन्।

प्रकाश सपुत र कुशुम शर्माको अभिनय रहेको उक्त गीतको भिडियो मान सिंह मर्हजनले छायाँकन गरेका हुन् । गीतको भिडियोमा प्रकाश सपुत र कुशुम शर्माको निकै रोमान्चक दृश्य देखाइएको छ । सुनिल विश्वकर्माको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रविण भटटले संपादन गरेका हुन् ।

‘‘ सकम्बरी माया गरिदेउ ’’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया