सुन्दरबजार । काम ठूलाे र सानाे हुँदैन । काम गर्न लाज मान्न पनि हुन्न, कसैलाइ ठग्नु, चाेर्नु पाे भएन, काम गरेर खान के काे लाज ?
यी भनाइ हुन्, लमजुङकाे सुन्दरबजारका समाजसेवी द्वारिकाप्रसाद मिश्रका । बुधबार सुन्दरबजारकाे मिलनचाेक भन्दा केही पर लक्ष्मीनारायण मन्दिर नजिकैकाे एउटा ग्यारेजमा भेटिएका मिश्रले यस पंक्तिकारसंग भनेका थिए, “म त टेम्पाे सिक्न लागेकाे । काम भएन, काम नभएपछि कमाइ पनि भएन । टेम्पाे चलाउनु पर्याे, यसै हात बाँधेर किन बस्नु ? काम गरे पाे माम पाइन्छ । जसले जेसुकै भनुन् । अाज बजार बाहिर हात बसाउन जानु छ । पहिला सिक्नु पर्याे, हात बसेपछि चलाउँछु ।”
मिश्रले यसाे भनिरहँदा मलाइ उनले साँच्चिकै टेम्पाे चलाउलान भन्ने लागेकाे थिएन । तर नभन्दै शुक्रबार मिश्र टेम्पाे लिएर सुन्दरबजारकाे सडकमा निस्केका छन् । उनले सामाजिक सञ्जालमा समेत टेम्पाे चलाउँदै गरेकाे तस्वीरसमेत सार्वजनिक गरेका छन् ।
सुन्दरबजार क्षेत्रमा समाजसेवा र राजनीतिकाे क्षेत्रमा द्वारिकाकाे राम्राे छवि छ । उनी ब्यवसायीसमेत हुन् । प्रष्ट वक्ता, कसैलाइ नराम्राे नचिताउने, सबैलाइ सकेकाे सहयाेग गर्ने उनी उतिकै लाेकप्रिय समेत छन् ।
विगतमा नेपाली कांग्रेसकाे सुन्दरबजार नगर कार्यसमितिकाे सभापति भइसकेका मिश्र २०७४ काे स्थानीय निर्वाचनमा मेयर उमेदवार बन्न चाहन्थे । तर पार्टीले टिकट नदिएपछि स्वतन्त्र उमेदवार बने । उनले सम्मानजनक मत ल्याए तर जीतका लागि पर्यप्त भएन । कांग्रेस उमेदवार बद्रीमान श्रेष्ठलाइ पराजित गर्न काफी भयाे, एमालेका उमेदवार जनकराज मिश्र मेयर पदमा निर्वाचित भए ।
त्यसपछि उनीमाथि कारबाही गर्याे कांग्रेसले । पार्टीकाे कारबाही पछि उनले स्वतन्त्र रूपमा संगठन बनाए । सुन्दरबजारमा उद्याेग बाणिज्य संघ, खानेपानी जस्ता संघसंस्थाका निर्वाचनमा उनकाे समूह निर्णायक बन्याे । २०७४ कै प्रतिनिधि सभा सदस्य निर्वाचनमा मिश्रले स्वतन्त्र उमेदवारी दिएर पराजित भए ।
२०७९ काे स्थानीय निर्वाचनमा मिश्रले पुन ः सुन्दरबजारकाे उपमेयरमा स्वतन्त्र उमेदवारी दिए । मेयर पदमा कांग्रेसका कृष्ण काेइराला र एमालेबाट भीम गुरूङ उमेदवार रहेकामा उनकाे समूहले काेइरालालाइ समर्थन गर्याे । उपमेयरमा गठबन्धनका उमेदवार रामबाबु अधिकारी थिए । एमालेबाट भवानी केसी उमेदवार थिइन् । गठबन्धनकाे मत मिश्रलाइ जाने र मिश्रप्रति सुन्दरबजारबासीकाे सहानुभूतिकाे मत खस्ने अनुमान रहे पनि गठबन्धनकाे सहयाेग नहुँदा मिश्रले पुनः चुनाव हारे । त्यसपछि उनी नेकपा एमालेमा प्रवेश गरे । अहिले उनी नेकपा एमाले लमजुङकाे जिल्ला कमिटी सदस्य र सुन्दरबजार नगरकाे सह इन्चार्ज छन् ।
राजनीतिमा पार्टी परिवर्तन सामान्य मानिन्छ । मिश्रले कम्युनिष्ट भएरै राजनीति थालेकामा पछि कांग्रेसकाे राजनीति पनि गरे, पछि एमालेमै फर्किए ।
याे त राजनीतिकाे कुराे भयाे ।
द्वारिका मिश्र सुन्दरबजारमा एक इमान्दार, सहयाेगी र सबैसंग घुलमिल हुने समाजसेवी र नेताकाे रूपमा चिनिन्छन् । अहिले पैसाका लागि जे पनि गर्ने, नराम्राे काममा पनि मरिहत्ते गर्ने, ढाँटछल गर्ने, अरूलाइ विगारेर अाफू बन्न खाेज्ने प्रबृत्ति बढि देखिन्छ । तर मिश्रले कहिल्ये अरूकाे विगार गरेनन् । बरू सक्दाे सहयाेग नै गरे ।
राजनीतिक र सामाजिक रूपमा उनकाे छवि एकातिर छँदैछ, अहिले सुन्दरबजारमा टेम्पाे चलाउन थालेर उनले कर्मशील हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेका छन् । हाम्राे समाजमा काम गर्न लाज मान्नेहरूकाे ठूलै जमात छ । बेराेजगार भएर पनि सानाे तिनाे काम नगर्ने बरू नराम्रै काम गरेर पनि पैसा कमाउन खाेज्नेहरूका लागि उनी उदाहरण बनेका छन् ।
त्यसाे त मिश्र पढाइ लेखाइ नभएर टेम्पाे चलाएकाे पनि हाेइनन् । २०५६ सालमै एमबीए गरेका उनले १७ बर्ष शिक्षण पेशामा विताए । त्यसपछि पाेल्ट्री ब्यवसायमा हात हाले । ब्राेइलर, लेयर्स कुखुरा पाले । अहिले उनकाे किराना पसल, सामान्य कुटानि पिसानी र लाउण्ड्रीकाे पनि ब्यवसाय छ । यी ब्यवसायमा उनकाे परिवारले सहयाेग गर्छन् ।
मिश्र सुन्दरबजार– ९ का बासीन्दा हुन् । त्यहाँका गन्नेमान्नेमा पर्छन् उनी । सामाजिक काममा हुूरूक्कै हुने उनले बसेर कहिल्यै खाएनन् । उनी भन्छन्– “इमान जमान ठूलाे कुरा हाे, बेइमानी हुन भएन, काम गरेर खान लाज मान्न हुन्न । समाजले छिः भन्ने नराम्राे काम पाे गर्न भएन, राम्राे काम जे गरे पनि हुन्छ ।”
पढेलेखेका र समाजमा इज्जत प्रतिष्ठा भएकाहरूले सानाे तिनाे काम गर्न हुन्न भनेर उनलाइ केही साथीहरूले सुझाव नदिएकाे हाेइनन्, तर पाैरखी मिश्रले ती कुरा एक कानले सुने, अर्काे कानले उडाइ दिए । उनी भन्छन्– “साथीहरूका राम्रा सुझाव ग्रहण गर्नुपर्छ, अरू त एक कानले सुन्ने, अर्काेले उडाइदिने हाे ।”