असार २२ गते २०८० ,
यशस्वी उपन्यासकार लीलाध्वज थापाको १०३ औं जन्मजयन्ती लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजना एक भव्य समारोहका साथ सम्पन्न भयो । उक्त कार्यक्रममा इतिहासविद्, साहित्यकार ज्ञानमणि नेपाललाई लीलाध्वज साहित्य सम्मान / पुरस्कार प्रदान गरियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले दोसल्ला ओडाउनुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि त्रिविवि नेपालका पूर्व उपकुलपति एवं जापानका पूर्व राजदूत प्रा. केदारभक्त माथेमाले नगद रू. २५०००/ सहित सरस्वतीको मूर्ति प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा पुरस्कृत हुनुभएका ज्ञानमणी नेपालज्यूले .यसश्वि साहित्यकार लीलाध्वज थापाको कृतिको सम्झना गर्दै उहाको प्रतिभाको कदर गर्नुभयो । …उहाँको नामबाट उहाँको पुत्र विजयध्पज थापाले साहित्यिक प्रतिष्ठान स्थापना गरेर पचहत्तर साहित्यकारलाई सम्मान गरिसकेको तारिफ गर्दै खुशी व्यक्त .गर्नुभयो । सोही कार्यक्रममा पाँच जना कवि प्रा. रमेश शुभेच्छु,मोमिला जोशी,वलराम दाहाल,सीता भट्टराई र काजी रोशनले आ-आफ्नो कविता वाचन गरेर कार्यक्रमलाई भव्यता दिनुभयो ।

प्रमुख अतिथिज्यूबाट कविहरूलाई कदरपत्र तथा प्रमुख वक्ता प्रा डा लेखप्रसाद निरौलालाई मायाको चिनो प्रदान गर्नुभयो । अध्यक्ष थापाले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्नु भयो ।कार्यक्रममा प्रमुख अतिथि श्रीमाथेमाले .विद्वान अन्वेशक,साहित्यकार जस्तो लुकेको प्रतिभालाई लीलाध्वज थापा साहित्य प्रतिष्ठानले छानेर उपयुक्त व्यक्तिलाई सम्मान प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो । सो कार्यक्रममा प्रमुखवक्ता प्रा डा श्री लेखप्रसाद निरौला,प्रा डा रामप्रसाद ज्ञवाली,साहित्यिक पत्रकार श्री रोचक घिमिरेले आआफ्नो वक्तव्यमा कार्यक्रमको तारिफ गर्नुभयो। । कार्यक्रमको अन्त्यमा सभापति एवं प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले इतिहासविद् नेपालले सम्मान/ पुरस्कार ग्रहण गरिदिनुहुँदा प्रतिष्ठानको गरिमा बढेको र आफ्नो व्यस्त समयको वावजुद पनि कार्यक्रममा आई कार्यक्रम सफल पारिदिनुभएको उहँहरू प्रति आभार व्यक्त गर्नु भयो । उहाले लीलाध्वज थापाका कविता वाचन गर्दै उपस्थित सम्पूर्ण आदरणीय अथितिज्यू,कविज्यू,पत्रकारज्यूहरू सम्पूर्ण उपस्थित हुनुभई कार्यक्रम सफल पारिदिनुभएकोले सबै प्रति आभार व्यक्त गर्दै आफू धन्यभएकोछु भन्दै सबैप्रति धन्यवाद ज्ञापन गरेर सभा विसर्जन गर्नुभयो । कार्यक्रममा साहित्यिक पत्रकार रामप्रसाद पन्तले स्वागत मन्तव्यले अतिथिको स्वागत गर्नुभएको थियो । साहित्यकार यादव भट्टराईले उद्घोषकको भूमिका निभाउनु भएको थियो। ।







































































