काठमाण्डौं ।
साहित्यकार तथा गीतकार दिलिप योञ्जनको शब्द रचनामा “खाली हात आर्यौ” गीतको रेकर्डिङ्ग हिजो काठमाण्डौं अनामनगर स्थित किङ्ग स्टुडियोमा सम्पन्न गरिएको छ । । राजेश थापाको संगीत तथा राजु कार्कीको एरेन्जमा यो गीत तयार गरिएको हो । गीतमा गायक प्रविण बेडवाल ले स्वर दिएका छन । गीतलाई आध्यामिक रुपमा प्रस्तुत गरिएको छ । उक्त गीतको भिडियोलाई छिट्दै आस्था मिडिया प्रालीको च्यानल मार्फत सार्वजनिक गरिने समेत गीतकार योञ्जनले बताए । आध्यमिक रुपमा जिवनमा आइपर्ने उतारचढावलाई गीतमा समावेश गरिएको कारणले हरेक श्रोताको मनमा बस्न सफल हुने मा आशावादी रहेको निमार्ण पक्षले बताएको छ ।

तपाईको प्रतिक्रिया