काठमाडौं। समृद्ध एड मिडिया नेटवर्क प्रालिको शुक्रबार आफ्नो स्थापनाको १३ औँ वार्षिकोत्सव मनाएको छ। भाद्र १ गतेदेखि समृद्ध एड मिडिया नेटवर्क प्रालि १२ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको हो।
सो अवसरमा समृद्ध एड मिडिया नेटवर्क प्रालिले विशेष कार्यक्रम आयोजना गरेको छ। समृद्ध एड मिडिया नेटवर्क प्रालिले सो अवसरमा शिक्षाविद्, शिक्षाकर्मी र पत्रकारलाई सम्मानित गरिएको छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालबाट पाँच व्यक्तित्वलाई सम्मान प्रदान गरेको हो।
शिक्षा पत्रकारितामा संस्थागत योगदान दिने शिक्षा पत्रकार समाज र उक्त मिडियामा उत्कृष्ट काम गर्ने पत्रकार तथा कर्मचारीलाई कदरपत्रबाट सम्मान गरिएको थियो भने ‘एजुकेसन न्यूज’ पाक्षिकको विशेषाङ्कको विमोचन गरिएको थियो । उक्त प्रालिले ‘खबरएजुकेसन डटकम’ र ‘स्कुल एजुकेसन’ मासिक सञ्चालन गर्दै आएको छ।
खबर एजुकेसन डटकमका प्रधानसम्पादक पुष्पा अधिकारीले आफूहरूले शिक्षाका खोजमूलक समाचारमा साथै नीतिगत पैवरीमा पनि काम गर्दै आएको जानकारी दिइन् । समृद्ध एड मिडिया अन्तर्गत खबर एजुकेशन न्युज, एजुकेशन न्यूज पत्रिका र स्कुल खबर पत्रिका सञ्चालित छन्।