काठमाडौं । गायक ज्ञानेशकुमार कर्णले नेपाली राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ लिएर आएका छन्। र गीतमा कर्ण स्वयंको शब्द, संगीत रहेको गीतको भिडियोमा देशभरमा मुख्य संस्कृति र वेशभूषालाई समावेश गर्ने कोसिस गरिएको छ।
राजु शाहले म्युजिक एरेन्ज रहेको गीतमा रेकर्डिङ र मिक्सिङ सम्पूर्णमान ताम्राकारको छ। बाँसुरीमा रुविनकुमार श्रेष्ठले साथ दिएका छन।
गीतको भिडियो गायक कर्णको आफ्नै युट्युब च्यानल ‘ज्ञानेश के कर्ण’ बाट सार्वजनिक गरिएको हो । यसअघि गायक कर्णले ‘म अनि तिमी’ बोलको गीत सार्वजनिक गरिसकेका छन् । नयाँ गीतलाई हेरेर सुनेर प्रतिक्रिया दिन गायक कर्णले सबैलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया